


घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै भवन इजाजतसम्वन्धी जानकारी


-
शर्मिला पाठक
-
माघ ११ गते, २०७४ - १०:४७
काठमाडौं । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।
सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। ‘यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्,’ काफ्लले भने,’ कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ ।‘
माघ ७ गतेदेखि शुरु गरेको उक्त सेवाबाट हालसम्ममा ३८ जना लाभान्वित भइसकेको उनले जानकारी दिए । सेवाग्राहीलाई सूचना पठाउने या नपठाउने भन्ने निर्णय मान्छेले गर्ने होइन,’ उनले भने, ‘यो काम सफ्टवेयर आफैँले गर्ने भएकाले निर्णय हुनासाथ सेवाग्राहीको मोबाइलमा सूचना जान्छ ।’
यस प्रणालीबाट नक्सा दर्ता गर्ने सेवाग्राहीको मोबाइलमा नक्साको अस्थायी स्वीकृति, भुइँतलासम्मको स्वीकृति (पूरै भवनको), निर्माण सम्पन्न वा कुनै कारणवश नक्सा स्वीकृत गर्न नमिल्ने भए सो सम्वन्धी समेत जानकारी चरणबद्ध रुपमा जान्छ । त्यसका लागि सेवाग्राहीले कामपामा आफ्नो मोबाइल नम्बर दिनुपर्नेछ ।
प्रयोगकर्ताले काठमाडौं डट जिओभी डट एनपी मा क्लिक गरी नक्सा दर्ता गर्दा प्राप्त भएको रजिस्ट्रेसन नम्बर राखेपछि आफ्नो फाइल कुन टेबलमा पुगेको छ, यसबाट कुन टेबलमा कति समय अड्कियो ? नक्सा पास हुने प्रणालीमा अब कतिवटा टेबलमा पुग्न बाँकी छ, घरमै बसेर हेर्न सकिन्छ ।
यस सेवालाई नागरिकले प्रयोग गर्ने हो भने नक्सा पाससँग सम्बन्धित धेरै गुनासोको सहजै समाधान हुने महाशाखाले विश्वास लिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
- अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ
- तङ्ग्रिदै पोखराको पर्यटन
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा