Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विद्यार्थीका हातहातमा नारायणकाे शैक्षिक सामग्री

\"\"स्याङ्जा ।  गल्याङ नगरपालीका–११ गल्कोटमा रहेको हुलाक आधारभुत विद्यायमा विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ । वुधबार एक कार्यक्रमकावीच कक्षा एक देखी कक्षा पाँच सम्मका विद्यार्थीलार्इ सामाग्री वितरण गरिएकाे हाे । गल्याङ एफ.एम ९२.२ मेगाहर्जका प्रविधिक तथा वजार व्यवस्थापन प्रमुख नारायण विश्वकर्माको जन्म दिनको अवसरमा अध्यनरत १०३ जना विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएकाे छ । जन उत्थानका लागि सुनौलो अभियानका केन्द्रिय संयोजक समेत रहेका विश्वकर्माको आर्थिक व्यवस्थापनमा तथा जन उत्थानका लागि सुनौलो अभियान संगको सहकार्यमा विद्यालयका प्रत्येक विद्यार्थीहरुलाइ कापी, कलम, मेटाउ, प्यान्सीलकटर लगाएतका शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि गल्याङ एफ.एम ९२.२ मेगाहर्जका स्टेसन म्यानेजर केपी खनालले जन्म दिनमा अनावस्यक खर्च गर्ने प्रवृतिलाइ हटाउँदै विश्वकर्मा र संस्थाको पहलमा शैक्षिक सामग्री वितरण हुनु समुदायका लागि प्रसंसनीय कार्य भएको बताए । उनले जन्मदिन पारेर शैक्षिक सामग्री वितरण गर्नु विद्यार्थीको लागि प्रेरणाको स्रोत हुने उल्लेख गर्दै यस्ता कार्यले समाजमा सकरात्मक संदेश फैलाउने बताए । खनालले आउँदा दिनहरुमा पनि यस्तै रचनात्मक कार्यहरुमा सरिक हुन सुझाव दिए । कार्यक्रममा शिक्षक अभिवावक संघका अध्यक्ष हरिमोहन भण्डारीले सामुदायीक विद्यालयका भाइ वहिनीहरुको सुन्दर भविष्यको लागि बजारका थुप्रै विद्यालय छोडेर गाँउमा रहेको सामुदायीक विद्यालयलाइ सहयोग गर्नु महान कार्य भएको बताए । कार्यक्रममा प्रध्यानध्यापक भेमला वरालले अहिले सम्म जन्म दिन मनाउन यस्तो उदारणीय कार्य लिएर कोही पनि नआएको भन्दै सहयोग गर्ने संस्था र व्यक्ति प्रति धन्यवाद दिए । उनले आगामि दिनमा पनि यस्तै सहयोग गर्न अनुरोध गर्दै विश्वकर्मालाइ सुन्दर र सफल भविष्यको लागि कामना गरे । बरालले यस्ता कार्यले विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्वि हुने उल्लेख गर्दै विद्यालय र समुदायको संवन्ध पनि वलियो बन्नेमा आफु विश्वस्त रहेको दावी गरे। समुदायको निगरानी र सहभागिताले विद्यार्थी र शिक्षकहरुमा प्रेरणा हुने भन्दै शैक्षिक संस्थालाइ सवल र सक्षम बनाउन पनि टेवा पुग्नेमा बताए । आफ्नो जन्म दिनको अवशरमा विश्वकर्माले विद्यार्थीहरुलाइ शैक्षिक सामग्री हस्तान्त्रण गर्दै जन्म दिनलाइ भड्किलो रुपमा मनाउने क्रमको विकास भैरहेको वेलामा आफुले सानो भए पनि विद्यार्थीका लागि सहयोग गर्न पाँदा खुसी भएकाे बताए । ग्रामिण भेगमा रहेको सामुदायीक विद्यालयको गरिमा र महत्व दर्शाउन आफुले हुलाक आधारभुत विद्यालय रोजेको बताउदै संस्थाले आफुलाइ सहयोग गर्ने अवसर प्रदान गरेकोमा विश्वकर्माले सधैभरी सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विश्वकर्माको जन्म दिनको अवशरमा विद्यालयका सम्पुर्ण शिक्षक कर्मचारी, विद्यार्थी, प्रमुख अतिथि, विशिष्ट अतिथि अन्य अतिथि लगाएत संस्थाका केन्द्रिय सदस्य उदयराज भण्डारी, भाइराम विश्वकर्मा, प्रकाश डुम्रे, संस्थाका अभियान्ता प्रकाश सुनार, सुरेन्द्र सुनार, राजु अर्याल, सागर न्यौपानेलाइ शुभकामना दिए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कुबिर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका बिष्णुमाया न्यापानेले गरेकि थिइन भने सञ्चालन शिक्षिका नबिना भट्टराईले गरेकी थिइन । सोही अवसरमा गल्कोट युवा क्लवका अध्यक्ष टेकनाथ अर्यालको नेतृत्वमा तथा शिव पार्वती आमा समुहकी अध्यक्ष चन्द्रकला अर्यालको नेतुत्वमा विद्यालयलाइ एक एक थान गरी दुइ थान सिलिङ पंखा हस्तान्त्रण पनि गरिएको थियाे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies