Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

५६ सिटका लागि राष्ट्रिय सभामा ८३ जनाको उम्मेदवारी

\"\"काठमाडौँ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचनबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ । अाजकाे कान्तिपुर दैनिकमा खवर छ- निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । विभिन्न प्रदेशका महिलालगायत क्लस्टरमा निर्धारित सिट संख्याजति नै उम्मेदवारी परेकाले १७ जना निर्विरोध निर्वाचित हुने देखिएको छ । उम्मेदवारमाथिको दाबीविरोध लगायतका प्रक्रिया बाँकी रहेकाले उनीहरुलाई निर्वाचित भएको घोषणा गरिएको छैन । उम्मेदवारको अन्तिम नामावली माघ १५ गते प्रकाशित गर्ने कार्यक्रम रहेकाले सोही दिन निर्विरोध निर्वाचितको औपचारिक घोषणा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले सबै प्रदेशमा शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको बताए । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना महिलासहित ३ जना मनोनीत हुने संवैधानिक व्यवस्था छ । त्यसवाहेक प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित, १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य ३ जना गरी ८ जना निर्वाचित हुने प्रावधान छ । आयोगका अनुसार प्रदेश १ मा महिला समूहको ३ सिटमा त्यति नै संख्यामा उम्मेदवारी परेकाले उम्मेदवारी दिएकाहरु निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश २, ५ र ७ मा पनि महिला समूहमा सिट संख्याअनुसार नै ३/३ जनाको मात्र उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध हुनेछन् । महिला समूहमा प्रदेश १ मा कांग्रेस, एमाले र माओवादी केन्द्रका १/१ जनाको उम्मेदवारी परेको हो । त्यस्तै, प्रदेश २ मा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै उम्मेदवारी दिएकाले ती पार्टीबाट महिला समूहका उम्मेदवार निर्विरोध हुनेछन् । प्रदेश ५ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्र उम्मेदवारी परेकाले तीनै जना निर्विरोध हुनेछन् । प्रदेश ७ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्रै उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध निर्वाचित हुने देखिएको छ ।अन्य समूहको ३ सिटका लागि प्रदेश ७ मा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको छ । कांग्रेस, एमाले र माओवादीबाट १/१ जनाको उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध हुनेछन् । बाँकी प्रदेशमा अन्य समूहमा ३ भन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन हुनेछ । प्रदेश २ को दलित समूह तथा अपांगता वा अल्पसंख्यक समूहको १/१ सिट पनि निर्विरोध हुने देखिएको छ । ती सिटमा १/१ जनाको मात्रै उम्मेदवारी परेको छ । संघीय समाजवादी फोरमले दलित र राजपाले अल्पसंख्यक सिटमा उम्मेदवारी दिएका छन् । त्यसबाहेक अन्य पार्टीबाट उम्मेदवारी नपरेकाले ती दुई पार्टीका उम्मेदवार नै निर्विरोध हुनेछन् । सबैभन्दा बढी उम्मेदवारी प्रदेश ३ मा परेको छ । ८ सिटका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । उक्त प्रदेशमा कुनै समूहमा कोही पनि निर्विरोध हुने सम्भावना छैन । प्रदेश १ मा १२, २ मा ९, ४ मा १२, ५ मा ११, ६ मा १२ र प्रदेश ७ मा १० जनाको उम्मेदवारी परेको छ । एमालेले ३०, नेपाली कांग्रेसले २६, माओवादीले १३, नेमकिपाले ४, राष्ट्रिय जनमोर्चाले ३, फोरमले २, राजपाले २, राप्रपाले २ र नेपाल संघीय समाजवादी पार्टीले १ सिटका लागि उम्मेदवारी दिएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies