


को हुन् लोहोरूङ् राई जाति ? कहाँ हो उद्गम स्थल ?


-
जय राई (लोहोरूङ्)
-
माघ ११ गते, २०७४ - १०:४५
नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसंस्कृतिले भरिपूर्ण भएको एक राष्ट्र हो। त्यसैले यहाँ विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति भएका मानिसहरूको बसोबास रहेको पाईन्छ । यसरी बसोबास गर्ने सबै जातजाति तथा समुदायहरूको आ-आफ्नै भाषा, धर्म, वर्ण, संस्कार र संस्कृति रहेको छ। यिनै कुराहरूले उनीहरूको आफ्नो छुट्टै पहिचान बनाउन सहयोग गरेको छ ।
नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालमा जम्मा १२५ जातजाति र १२३ मातृभाषाहरू रहेका छन् । यिनै १२५ जातजातिहरू मध्ये ‘लोहोरूङ् राई’ पनि एक हो। यही लोहोरूङ् राईको बारेमा यहाँ थोरै चर्चा गर्न खोजिएको छ।
‘लोहोरूङ् राई’ किरात राई समुदाय भित्र पर्ने एउटा थर हो । यिनीहरू किरात राई समुदायमा रहेता पनि यिनीहरूको आफ्नो छुट्टै भेष-भूषा, भाषा, कला र संस्कृति रहेको छ । यो जातिको मुख्य उद्गम स्थल पूर्वी नेपालको हिमाली जिल्ला सङ्खुवा-सभा खाँदबारी नगरपालिका अन्तर्गत पर्ने पाङ्मा, शित्तलपाटी र धुपू त्यस्तै चिचिला गापा अन्तर्गत पर्ने दिदिङलाई मान्न सकिन्छ। समयको अन्तरलसँगै विभिन्न कारण र उदेश्यले यो समुदाय विस्तारै बसाई-सराईको प्रकृयाबाट अन्य भू-भागहरूमा पनि बसोबास गरेको पाईन्छ।
लोहोरूङ् राईहरूको विकास तथा उत्थानका लागि गठन भएको संस्था ‘लोहोरूङ् याख्खाबा यूयोङ’ तथा लोहोरूङ् राईहरूको बारेमा अध्ययन गरिरहनु भएका अनुसन्धान कर्ता तथा ‘किरात लोहोरूङ् राई चिनारी’ पुस्तकको लेखक लिलानाथ लोहोरूङ् राईका अनुसार खाँदबारी नगरपालिका (पाङ्मा, खोरन्डे, चेवा, नर्कटे र माल्टा, सित्तलपाटी (तत्कालिन सित्तलपाटी गा. वि. स. अन्तर्गत पैरे, आंला, हेलुवा, हेलुवा-बेसी, खर्तुवा, मालिङ्टार र सिम्ले ), धुपू (तत्कालिन धुपू गाविसअन्तर्गत माथिल्लो धुपू, तल्लो धुपू र गोठ गाऊँ), र चिचिला गाउँपालिका अन्तर्गत बर्देउ, याफूडाँडा, गैरि-आंला, आले र दिदिङ डाँडा-गाऊँआदि स्थानमा लोहोरूङ् राईको बाक्लो बस्ती रहेको पाईन्छ। साथै सङ्खुवा-सभा जिल्लाकै नुम, थेबे, पाख्रिबास, देबीटार, हेदाङ्ना, भेडिखर्क, अम्राङ्, वालुङ र सिभुवामा पनि लोहोरूङ् बस्तीहरू पाईन्छन् । त्यस्तै सङ्खुवा-सभा जिल्लाबाहेक धनकुटाको धारापानी, सुनसरीको धरान, तरहरा, इटहरी र इनरूवा त्यसै गरी मोरङको सुन्दरपुर, बेलबारी, उर्लाबारी र झापाका केहि स्थानहरू साथै काठमाण्डौंमा पनि लोहोरूङ् समुदायको बसोबास रहेको पाईन्छ । यसका साथै नेपाल बाहिर भारतको दार्जिलिङ, सिक्किम, आसाम त्यस्तै हङ्कङ्, बेलायत र अमेरिका आदि देशहरूमा पनि लोहोरूङ् राईहरूको बसोबास रहेको पाईन्छ ।
नेपालको जनगणना २०६८ का अनुसार लोहोरूङ् राईको जम्मा जनसङ्ख्या ११५३ मात्र रहेको छ । लोहोरूङ् राईको सङ्घ संस्था तथा लोहोरूङ् बुध्दिजिबी र अगुवाहरूको भनाई अनुसार राष्ट्रिय तथ्याङ्कले देखाएको सङ्ख्या भन्दा लोहोरूङ् राईको जनसङ्ख्या उल्लेखिय रहेको छ । उनीहरूका अनुसार लोहोरूङ् राईको सङ्ख्यामा कमी देखिनुको प्रमुख कारण जनगणनाको समयमा गणकहरूले गलत फारम भरिदिनाले तथा लोहोरूङ् व्यक्ति स्वयंले गलत सूचना दिनुनै हो ।
सामान्यतय यस समुदायले औपचारिक, अनौपचारिक तथा कानुनी कामहरूमा आफ्नो थर ‘राई’ लेख्ने गर्दछन्। जसले गर्दा सरकारव्दारा सञ्चालित कार्यक्रमहरूमा आफ्नो थर लेख्ने समयमा ‘लोहोरूङ्’ लेख्नुको सट्टा ‘राई’ लेख्नु तथा गैर लोहोरूङ् व्यक्तिहरूमा लोहोरूङ् राई र अन्य राई एउटै हो भन्ने बुझाईको कारणपनि तथ्याङ्क सङ्कलनको क्रममा थर लेख्दा ‘लोहोरूङ्’ लेख्नुको सट्टा ‘राई’ लेखी लोहोरूङ् राईलाई अन्य राईमा समावेश गरिएको हुनाले यस समुदायको वास्तविक जनसङ्ख्या भन्दा तथ्याङ्कमा कम सङ्ख्या देखिन आएको अनुमान गर्न सकिन्छ।
लोहोरूङ् राई, किरात समुदाय भित्रको एउटा मात्र थर जस्तो लागेता पनि लोहोरूङ् राई भित्र विभन्न उपथर (पाछा) हरू रहेका छन् । लोहोरूङ् राईको बारेमा खोज तथा अनुसन्धान गरिरहनु भएका अनुसन्धान कर्ता लिलानाथ राईका अनुसार; लोहोरूङ् राई समुदायभित्र हाल २६ उपथर (पाछा) हरू रहेका छन्। ती उपथरहरू छुकुवा (चेवाली), डेक्सेङ्, माङ्सीखीम्, दिर्खिम्, विक्सिक् (बिक्सिक्), याङ्खेला, याङ्ख्रुङ्, खाइखोङ्, टेम्रा, लाम्सङ् (आंला, वाचेक, देरेम्, हेलुवा र खर्तुवा), केत्रा, विवा, लुम्बेन्, देखिम् (डेखिम्), युम्पाङ्, हाङ्खिम्, ठेम्सङ्, खिम्पुले, टेङ्सा, लुङ्छुवा, लुम्लुमा र टिङ्खुवा हुन्। लोहोरूङ् समुदायमा फरक फरक उपथरबीच यदि अन्य साईनो सम्बन्ध नलागेमा विवाह गर्न मिल्छ साथै किरात राई भित्रका अन्य राईहरूसँग पनि विहेवारी चल्दछ।
लोहोरूङ् समुदायको आफ्नो छुट्टै भाषा छ, जसलाई ‘लोहोरूङ् भाषा’ भन्दछन्। सबै किरात भाषाहरू भोट बर्मेली भाषा समुह अन्तर्गत पर्ने हुनाले लोहोरूङ् भाषा पनि यहि भाषा समुहमा पर्दछ। यसका साथै लोहोरूङ् भाषा किरात राई समुदायभित्र कै एउटा भाषा भएकाले अन्य राई(याम्फू, मेवाहाङ्, खालिङ, बान्तवा र चाम्लिङ आदि) भाषाहरूसँग धेरै निकट रहेको पाईन्छ।
लोहोरूङ् भाषाको लवजमा एक प्रकारको मिठास र शालिनता रहेको पाईन्छ। कुनै कर्कसिलो आवाज वा लवज सुनिदैन । भर्खर बोल्न सिक्दै गरेको कलिलो बच्चाको तोतिलो आवाजमा होस् या त ८० कटिसकेको थोतिलो बोली, सबैमा उत्तीकै मिठास रहेको पाईन्छ। त्यसैले जो कोही यो समुदायमा जाँदा पहिलो आकर्षणको केन्द्र नै यहि भाषा हुने गर्दछ। हुन त लोहोरूङ राई आफैंमा प्रकृति तथा शान्तीप्रेमी हुनाले उनीहरूका बोलिचालीमा प्रेम, सद्भाव र मिठास रहेको पाईन्छ। तर लोहोरूङ भाषा बोलिचालिको रूपमा प्रयोग गरे पनि लेख्य परम्पराको विकास भएको पाईदैन । जसले यस भाषाको लिपीबद्ध दस्तावेजीकरण हुन सकिरहेको छैन। अहिलेको तीव्र विश्व भू-मण्डलिकरणको असरले नेपालमा रहेका धेरै मातृभाषाहरू लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनहरूले देखाएको अवस्थामा यो भाषा पनि अछुत रहन सकेको छैन। त्यसैले यसको संरक्षणका लागि सरोकारवाला निकायहरू समय मै सजक हुन जरूरी देखिन्छ।
लोहोरूङ् राईको प्रमुख धर्म किरात धर्म हो । उनीहरू जन्मदेखि मृत्युसम्म गरिने सबै संस्कारहरू किरात धर्म अनुसार नै गर्ने गर्दछन् । यो जाति; धार्मिक सहिषुण, सदाचार र आपसी भाइचारमा अगाडि रहेको पाईन्छ । उदाहरणको रूपमा उनीहरू आफैँमा किरात धर्म अवलम्वन गरे पनि हिन्दु धर्मलम्वीहरूको तीज, दशैँ र तिहार जस्ता चाडपर्वहरू पनि मनाउने गरेको पाईन्छ। त्यस्तै बौध्द, इस्लाम, इसाई र अन्य धर्म प्रति पनि उत्तिकै सद्भाव र सम्मान गरेको पाईन्छ। अझ पछिल्लो समयमा केही लोहोरूङ् राईहरूले इसाई धर्म र अन्य धर्म पनि अवलम्वन गरेको देख्न सकिन्छ । तर जसले जे धर्म प्रति विश्वास गरे पनि उनीहरू बीचको आपसी सद्भावमा केहि कमी आएको देखिदैन, जुन एउटा गर्भको कुरा मान्न सकिन्छ।
लोहोरूङ् समुदायमा आफ्नो कर्म-काण्ड तथा पितृ पुजा गर्नका लागि आफ्नै जातिको पुजारी हुने गर्दछ। जसलाई लोहोरूङ् भाषामा ‘याटाङ्पा’ भन्ने गरिन्छ। यो समुदायमा देव-देवता तथा भूतप्रेत प्रति धेरै विश्वास गर्ने गरेको पाईन्छ। यसका साथै यिनीहरू प्रकृति पुजक भएकाले उनीहरूको बस्ती वरिपरि देव-देवालय तथा पुजा गर्ने स्थलहरु प्रसस्त मात्रामा देख्न पाईन्छ । सामान्यतय यो समुदायमा पुजा-आजा गर्दा पशु-पंक्षी (परेवा, हाँस, कुखुरा, सुँगुर, बोका र भेडा आदि) हरूको बली दिने प्रचलन रहेको पाईन्छ। यो समुदाय अन्य किरात राई समुदायले जस्तै उधौँली तथा उभौँली चण्डी पूर्णिमालाई आफ्नो प्रमुख चाडको रूपमा मनाउने गर्दछन्। त्यसको अलवा साउने संक्रान्ती, न्वागी र माघे संक्रान्ती आदि चाडपर्वहरू पनि मनाउने गरेको पाईन्छ।
यो समुदायमा आफ्नो जातिय पहिचान झल्काउने छुट्टै मौलिक तथा जातिय पहिरन रहेका छन्। यिनिहरूले आफ्नो परम्परागत पहिरनको रूपमा महिलाहरूले मखमलीको चोली, छिटको गुन्यू र पटुकी लगाउने गर्दछन् भने पुरूषहरूले ढाका टोपी, दौरा-सुरुवाल, पटुकीर स्ट-कोट लगाउने गर्दछन्। त्यस्तै परम्परागत गर-गहनाको रूपमा शिरबन्दी, फुली, बुलाकी, ढुङ्ग्रे बुलाकी,मुन्द्री,कान ढुङ्ग्री, हारी, तिलहरी र बाला आदि लगाउने गरेको पाईन्छ। तर समय परिवर्तनसँगै यो समुदायमा पनि भेष-भूषा तथा लवाइ-खवाइहरूमा परिवर्तन हुदै आएको देखिन्छ। यहि परिवर्तनलाई आत्मासत् गर्ने क्रममा अहिलेका नयाँ पिढीहरू बजारमा आएका आधुनिक पहिरन तथा गरगहना प्रति मोह बढेको पाईन्छ । फलस्वरूप युवा पुस्ता परम्परागत पहिरन भन्दा भर्खर बजारमा निस्किएका पहिरनहरू बढि लगाउने गरेको देखिन्छ । परम्परागत पहिरन तथा गरगहनाहरू विशेष गरी उनीहरूको धार्मिक कार्य, चाडपर्व, विवाह, औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा मात्र लगाउने गरेको पाईन्छ ।
यस समुदायमा आफ्नो जिविकोपार्जन गर्नका लागि कृषि तथा पशुपालन व्यवसायलाई प्रमुख पेशाको रूपमा अङ्गालेको पाईन्छ । यसको अलवा केहि लोहोरूङ् व्यापार, सेवा, प्राविधिक तथा निर्माण सम्बन्धी व्यवसायमा सङ्लग्न रहेका पाईन्छ । अर्को तर्फ यस समुदायमा परम्परागत रूपमा लाहुरे(भारतीय, सिङ्गापुर तथा बेलायती सेना) जाने प्रचलन पनि रहेको हुनाले धेरै जसो लोहोरूङ्हरू त्यहि लाहुर गएर आफ्नो तथा परिवारको जीवन गुजरा चलाईरहेको पाईन्छ। पछिल्लो समय यस समुदायमा लाहुरका साथ-साथै वैदेशिक रोजगारमा जाने बढेको छ । जसले धेरै लोहोरूङ् युवाहरू वैदेशिक रोजगारको सिलसिलामा विश्वका विभिन्न मुलुकहरू पुगेको देखिन्छ । यसरी रोजगारीको लागि कृषि, व्यापार, सेवा, निर्माण तथा वैदेशिक रोजगार जस्ता विभिन्न रोजगारीका क्षेत्रहरूमा यस समुदायका मानिसहरू सङ्लग्न रहेको पाइएता पनि सरकारी सेवामा भने औँलामा गन्न सकिने नगन्य सङ्ख्यामा मात्र रहेको पाईन्छ । यसबाट के थाहा पाउन सकिन्छ भने यस समुदायको अझै पनि सरकारी निकायहरूमा पँहुच पुग्न सकिरहेको छैन ।
लोहोरूङ् समुदायको शैक्षिक पक्षको कुरा गर्नु पर्दा यस समुदाय शैक्षिक क्षेत्रमा अलि पछाडि नै रहेको पाईन्छ। हुनत लोहोरूङ् समुदायमा अहिले सम्म जनगणना बाहेक कुनै पनि सङ्घ संस्थाहरूले शैक्षिक अवस्थाको बारेमा अध्ययन गरेको पाईदैन। त्यसैले यस समुदायको शैक्षिक स्थितिको आधिकारिक तथ्याङ्क पाउन सकिदैन । तथापी हामी के भन्न सक्छौ भने अघिल्ला पुस्ताका लोहोरूङ्हरू अधिकांश निरक्षर छन् भने युवा पुस्ता साक्षार छन् । तर विध्यालय स्तरको पढाई पुरा गरेर उच्चा शिक्षा हासिल गर्ने सङ्ख्या भने एकदमै कम रहेको पाईन्छ । यसरी यस समुदायमा उच्च शिक्षा हासिल गर्ने सङ्ख्यामा कम हुनुको प्रमुख कारण आर्थिक कमजोर, लाहुर तथा वैदेशिक रोजगारमा जाने परम्परा र शिक्षालयहरू पायक पर्ने ठाउँमा नहुनुलाई मान्न सकिन्छ। यसको साथै यस समुदायको सरकारी निकायमा पँहुच कमी हुनाले पनि पढाइ प्रति रूचि कम भएको अनुमान लगाउन सकिन्छ ।
लोहोरूङ् राई समुदायको आफ्नो भाषा, भेष-भूषा, धर्म, संस्कार र संस्कृतिसहित छुट्टै पहिचन रहेता पनि सरकार द्वारा गठित आदिवासी जनजातिको समुह भित्र छुट्टै जातिको रूपमा भने अहिले सम्म सुचिकृत हुन सकिरहेको छैन। जसले गर्दा आदिवासी जनजातिको लागि सरकारद्वारा उपलब्ध गराइएका सेवा सुविधाहरू पर्याप्त मात्रामा पाउन सकेको छैन। यदि यस्ता जाति तथा समुदायहरूलाई सरकारले समयमै पहिचान गर्न सके उक्त जाति तथा समुदायहरूको संरक्षण र उत्थानमा सहयोग पुग्ने थियो। यसरी विभिन्न जातजाति तथा समुदायहरूको संरक्षण र उत्थान गर्नु भनेको राज्यमा रहेका विविध संस्कृतिहरूको पनि जगेर्ना तथा संरक्षण गर्नु हो। जसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुगी मुलुकको अर्थतन्त्र विकासमा सहयोग पुग्ने थियो। यसका साथै सबै जातजाति तथा समुदायहरूले राज्यको मूलधारमा समावेश हुने अवसर पाई सबैले अपनत्व गरेको राष्ट्रिय एकता सहितको समृध्द मुलुक बनाउन सहयोग पुग्ने थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने...एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते
फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...दक्षिण कोरियामा दश लाख बेरोजगार
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...रेडपाण्डाको छालासहित दुई पक्राउ
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा(आन्दोलनका कार्यक्रमसहित)
- प्रचण्ड-नेपाल समूहले ओलीलाई हटाएर प्रचण्डलाई बनायो संसदीय दलको नेता
- २०७८ मंसिर २ मा महाधिवेशन गर्ने ओली समूहको निर्णय
- प्रचण्डले पार्टी एकतामा सिन्को भाँचेनन्, उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर अध्यक्ष दिएको हुँ : ओली
- राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
- मन्त्रिपरिषद्द्वारा संसद् विघटन गर्न सिफारिस
- बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, अर्को सातादेखि आमनागरिकलाई लगाउने
- ४६ औं अमेरिकी राष्ट्रपतिका लागी जित नजिक रहेका बाइडेनको जिवन कहानि
- ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !
- अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष
- यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन
- संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)
- १० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान
- कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय
- उपत्यकामा आज पनि थपिए ६७४ संक्रमित, देशभर कहाँ कति थपिए ? (विवरणसहित)