


४० बर्षदेखि सँगै बस्ने एक समलिङ्गी जोडीको रोचक कहानीः अनि महिलासँगै जीवन बिताउने निधो गरेँ


-
भूमिका राय
-
माघ १० गते, २०७४ - १५:५२
म र मेरी साथी समलिङ्गी होइनौँ अर्थात् हामी एकअर्काप्रति शारीरिक रूपमा आकर्षित छैनौँ । हामीबीचको आकर्षण आत्मक हो । यसकारण विगत करिब ४० वर्षदेखि हामीसँगै बस्दै आएका हौँ । अहिले हामी ७० वर्षका भयौँ । सँगै बस्ने निधो गर्ने बेला हामी करिब ३० वर्षका थियौँ ।जवानीका बेला हामीलाई आत्मसन्तुष्टिको चाह थियो । मलाई पनि र उनलाई पनि । म र मेरी साथी दुईजनासँगै बस्ने निधो गर्नुको सबैभन्दा ठूलो कारण यही हो ।
हामी दुवै एकअर्काभन्दा एकदमै भिन्न छौँ । मलाई यो उमेरमा पनि चहकिलो रङ्ग मन पर्छ । मलाई लिपस्टिक लगाउन मन पर्छ । तर उनलाई फिक्का रङ्गका सामान मन पर्छन् । ७० वर्षकी भएर पनि म अग्ला जुत्ता लगाउँछु ।
म टेलिभिजन हेर्छु जबकि उनी मोबाइलमा व्यस्त रहन्छिन् । उनी भन्छिन्, “बुढेसकालमा तिमीलाई यो के रोग लागेको हो ?” यही हो हाम्रो जिन्दगी । थोरै ठाकठुक र आफ्नै तरिकाले जिउने स्वतन्त्रता । हुन त हामी एउटै छानामुनि बस्दै आएका छौँ । तर हामीले एकअर्काको स्वतन्त्रतामा हस्तक्षेप गरेका छैनौँ ।
आजकलको वैवाहिक सम्बन्धमा यति स्वच्छन्दता कहाँ हुन्छ र ? जब अपेक्षा बढ्छन् दुईबीचको सम्बन्ध फिक्का हुँदै जान्छ र अन्ततः तोडिन्छ ।
उसो त मेरो पनि बिहे टुटेको थियो । तर त्यो अतीत भइसक्यो र जिन्दगीको त्यो पाना अब म पल्टाउन चाहदिनँ । बच्चाहरू ठूला भइसके र आफ्नो जिन्दगीमा अगाडि बढिसके । मेरी साथी त सधैँ एक्लै बस्नुपर्नेमा विश्वास राख्थिन् ।
अहिले पनि उनी त्यस्तै सोच्छिन् । हामी एकअर्कासँगै छौँ पनि र छैनौँ पनि । यति वर्षदेखि सँगै बस्दै आए पनि एकअर्काका कतिपय बानीको भेउ हामीलाई छैन ।
हाम्रो सम्बन्धको सौन्दर्य पनि यही हो । हामीले एकअर्कालाई पूर्ण रूपमा बुझ्न सकेका छैनौँ र शायद एकअर्काबारेको खुलदुली नमेटिएर पनि होला हामीबीच निकटता कायम छ । मान्छेहरूले सोध्ने गर्छन्- एकअर्कालाई हेरेर मात्र दिक्क लाग्दैन तिमीहरूलाई ? तर साँच्चै भन्नुपर्दा हामी एकअर्कासँग निकै कम कुरा गर्छौँ ।
हामी एउटै घरमा त बस्छौँ तर कहिलेकाहीँ खाना खानेबेला मात्र हाम्रो भेटघाट हुन्छ र आ-आफ्नो काममा लाग्छौँ । यस्तो बानी हाम्रो जागिर खाएको बेलादेखिकै हो र त्यो अहिले पनि उस्तै छ । शुरूमा काम गर्ने महिला हामीकहाँ आउँदा आश्चर्यमा पर्थिन् ।
हाम्रा कोही आफन्त छैनन् भन्नेबारे उनको जिज्ञासा हुन्थ्यो । म उनीसँग बहस गर्न चाहन्न थिएँ । आफन्त र साथीको मामिलामा हामी निकै धनी छौँ भनेर म उनलाई कसरी सम्झाउन सक्थेँ र ? तर एकअर्कासँगै बस्ने निर्णय हामी दुईको सचेत छनोट थियो ।
काम गर्ने महिलाको हरदिनको चिन्ता हुन्थ्यो कि हाम्रो घरमा चोरी हुनसक्छ वा हामीलाई कसैले मारिदिन सक्छ । म उनको चिन्ताप्रति केवल हाँस्न मात्रै सक्थेँ । अनि, एकदिन उनलाई मैले भनिदिएँ, “हाम्रो घरमा चोरेर चोर खुशी हुन सक्ने त्यस्तो केही छैन ।”
उनले मेरा कुरा कति बुझिन् त्यो थाहा छैन । तर हाम्रो जिन्दगीप्रति भने उनको सधैँ सहानुभूति रहने गर्थ्यो । यथार्थ के हो भने हाम्रो जिन्दगी त्यस्तै छ जस्तो होओस् भन्ने हामी चाहन्थ्यौँ । म बिहान आफ्नै इच्छाले उठ्छु । जिन्दगीमा त्यस्तो हतारो पनि केही छैन । म एकताका सोच्थेँ बिहान सबेरै उठूँ र अन्यलाई जस्तै आफ्नोबाहेक अरूको पनि चिन्ता मलाई होओस् । यसको अर्थ यो होइन कि जिम्मेवारीबाट पन्छिन हामीले यस्तो जिन्दगी रोज्यौँ । हाम्रो घरमा आउने वा हामीले भेट्ने मान्छेलाई लाग्दो हो हामीमाथि कुनै जिम्मेवारी छैन ।
तर आफूप्रतिको आफ्नो जिम्मेवारी कहाँ कम हुन्छ र ? हामी दुवैजना आफ्नो आवश्यकताका लागि कसैको मुख ताक्दैनौँ । मान्छेहरूलाई लाग्दो हो हामी एकअर्कासँग यसरी बसिरहेकोमा केही समस्या पक्कै हुनुपर्छ । तर हामीबीच त्यस्तो केही छैन । अरूको सोच बदल्ने वा उनीहरूले के सोच्छन् मलाई त्यसको मतलब छैन ।
म सिन्दूर लगाउँछु र गहनाले सजिन्छु । मन लागेसम्म लगाउँछु, मन नलागे लगाउँदिनँ । यो सम्बन्धबाट एउटा कुरा बुझियो कि तपाईँ जोसँग पनि बस्न सक्नुहुन्छ । जिन्दगी भने त्यो व्यक्तिसँग मात्रै बिताउन सक्नुहुन्छ जसले साथ दिन्छ तर स्वतन्त्रता खोस्दैन ।
मानिसहरूलाई हामीले बाँचिरहेको जिन्दगी निकै अनौठो लाग्छ । उनीहरू यो बुझ्दैनन् कि हामी दुई साथी हौँ, आफूले कमाएको खाइरहेका छौँ, सँगै बसिरहेका छौँ । न कसैको केही मागेका छौँ न कसैसँग केही गुनासो गरेका छौं। आखिर यसमा गलत के छ ?
(यो उत्तर भारतकी एक महिलाको वास्तविक जीवनमा आधारित घटना हो । उनीसँग बीबीसी संवाददाता भूमिका रायले कुराकानी गरेकी हुन्। )

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा(आन्दोलनका कार्यक्रमसहित)
- प्रचण्ड-नेपाल समूहले ओलीलाई हटाएर प्रचण्डलाई बनायो संसदीय दलको नेता
- २०७८ मंसिर २ मा महाधिवेशन गर्ने ओली समूहको निर्णय
- प्रचण्डले पार्टी एकतामा सिन्को भाँचेनन्, उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर अध्यक्ष दिएको हुँ : ओली
- राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
- मन्त्रिपरिषद्द्वारा संसद् विघटन गर्न सिफारिस
- बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, अर्को सातादेखि आमनागरिकलाई लगाउने
- ४६ औं अमेरिकी राष्ट्रपतिका लागी जित नजिक रहेका बाइडेनको जिवन कहानि
- ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !
- अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष
- यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन
- संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)
- १० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान
- कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय
- उपत्यकामा आज पनि थपिए ६७४ संक्रमित, देशभर कहाँ कति थपिए ? (विवरणसहित)