Khabar Dabali Logo
  October 26, Mon

फिल्म ‘गरुड पुराण’ घोषणा, प्रियंकाको डेब्यु

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’गरुड पुराण’ घोषणा गरिएको छ । फिल्म ’अपवाद’ मार्फत यस क्षेत्रमा भित्रिएका सुशन प्रजापति र सुवास कोइरालाले फिल्मलाई संयुक्त रुपमा निर्देशन गर्दैछन । कमेडी जनरको यस फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन लगायतको कलाकार रहनेछन । यसै फिल्म मार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्नेछिन् ।

फिल्ममा लुनिभा तुलाधर , प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेललगायतका कलाकारको पनि अभिनय रहनेछ । यसै साताबाट छायाँकनमा जाने फिल्मका प्रस्तुतकर्ता सुशन प्रजापति रहेका छन् । अजित फिल्म्स ब्यानरमा निर्माण हुने फिल्ममा अशोक गौतम फिल्म्स पनि एसोसिएट रहेको छ । फिल्मको छायाँकन काठमाण्डौ तथा आसपासका क्षेत्रमा हुनेछ ।

फिल्मलाई सुशनले नै खिच्नेछन् भने यसमा कसम नेपालको कथा तथा आकाश बराल, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । अजित प्राजपति निर्माता रहेको फिल्मका सहनिर्माता अशोक गौतम रहेका छन् । फिल्मको सम्पादन उज्वल ढकालले गर्नेछन । फिल्ममा विभिन्न पात्रको भोगाईलाई देखाइने निर्माण पक्षले जनाएको छ ।

सुवास कोइराला( पछिल्लो केहि फिल्मको सफलता र केहि फिल्मको असफलताबाट सिकिएको नै छ । यसै सिकाइलाई यसमा परिपक्क हिसाबले प्रयोग गर्दैछौ । फिल्ममा कर्मा, प्रविन, कामेश्वर, नाजिर, प्रियंका जो विभिन्न परिवेशका छन्, यिनको भोगाईलाई कमेडी शैलीमा प्रस्तुत गर्दैछौ । कथा तपाई हाम्रो समाजकै हो । गरुड पुराण नाम मन पर्यो साथै फिल्मसंग पनि यो सम्बन्धित छ ।

सुशन प्रजापतिले भने ‘छायाँकारको रुपमा परिचित भएपछी यसमा मैले निर्देशकको रुपमा पनि आफुलाई अगाडी ल्याउदैछु । सुवास र मैले सहकार्य गरेको धेरै लामो समय भइसकेको छ , हामीले फिल्म स्कुल पनि संगै पढेका हौ । यहि सहकार्यलाई निर्देशनमा पनि संगै ल्याउदैछौ । फिल्मले अझै हामीलाई सिकाउदैछ , हामी सिकाईकै क्रममा छौ र यसकै निरन्तरता हो , गरुड पुराण ।’

‘फिल्मको कथा र टीमले नै मलाइ आकर्षित गरेर फिल्म गर्न लागेको हुँ’ कर्माले भने ‘कथा राम्रो छ र त्यसलाई पर्दामा देखाउन सक्ने क्षमता मेकरमा छ भने हामीलाई पनि उत्साह मिल्छ । यसको टिम र कास्टिङले मलाइ त्यो आश जगाएको छ । फिल्ममा मलाई एउटा संघर्ष्शिल पात्रको रुपमा देख्नु हुनेछ , जो आफ्नो उदेश्यको प्राप्तिमा लागेको हुन्छ । आश छ , मेरो क्यारेक्टर मार्फत र सम्पूर्ण फिल्म मार्फत नै दर्शकले मनोरंजन लिनु हुनेछ ।’

प्रियंका सिंह ठकुरीले भनिन् ‘मेरो क्यारेक्टर एक गाउले युवतीको छ , जो सहर आइपुग्छे र अन्य पात्रसंघ भेट हुन्छ । यो मेरो लागि नयाँ अनुभव हो । म मोडलिङमा आउँन लागेको थिए , फिल्ममा अफर आयो । अडिसन मार्फत सेलेक्ट भए । मेरो भूमिकालाई निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैन ।’

माघ १० गते, २०७४ - १४:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top