Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र, कहिले आउँछ रेल ?

\"\"वीरगञ्ज । छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक ९पटरी० ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा जयनगरदेखि जनकपुर–बर्दिवाससम्म रेलमार्ग विस्तार गर्ने योजना बनाए पनि त्यसको काम भने सन् २०११ को माघ महिनादेखि मात्र सुरु भएकोे हो । सो ब्रोडगेज रेल मार्गको लिक निर्माण कार्यअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म रेल सञ्चालनका लागि स्लिपर, ब्लाष्ट र लिक ओछ्याउने कामले तीव्र गति लिएको छ । पूर्वी धनुषाको बैदेहीदेखि खजुरीसम्मको रेलमार्गमा हाल ब्लाष्ट राखेर स्लिपर र लिक राख्ने काम भइरहेको नेपाल रेल्बे जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले राससलाई बताउनुभयो । हालसम्म विभिन्न ठाउँ गरी दुई किलोमिटर जतिमा रेल्बे लिक राख्ने काम पूरा भइसकेको छ भने खजुरी स्टेशनमा यात्रु शाखा स्टेशन र कर्मचारी भवनलगायतका निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । पूर्वी धनुषाको इर्नवादेखि खजुरीमा रेल्बे लिक राख्ने उपकरण तथा सामान भण्डारण गरिएको छ भने आउँदो एक महिनाभित्र लिक राख्ने सम्पूर्ण काम सम्पन्न हुने गरी काम थालिएको बताइएको छ । पहिलो चरणअन्तर्गत जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा सन् २०१९ मार्चसम्म कुर्थादेखि भंगहासम्म तथा तेस्रो चरणमा महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणको काम सम्पन्न हुने लक्ष्य रहेको प्राविधिकको भनाइ छ । भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा शुरु भएको ब्रोडगेज रेल परियोजनाअन्तर्गत भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म सिभिल कन्ट्रक्सनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यअनुरुप द्रुत गतिमा काम थालिएको इरकन इन्टरनेशनल प्रालिका सहायक प्रोजक्ट म्यानेजर अजित तिवारीले रासससँग बताए। पहिलो चरणमा भारत सरकारले रेलमार्ग निर्माणका लागि रु पाँच अर्ब २९ करोड आर्थिक सहयोग गरेको थियो । पछि त्यसलाई बढाएर रु सात अर्ब २० करोड पु¥याएको हो । निर्माण कार्यअन्तर्गत ठेकेदार कम्पनी इरकन इन्टरनेशनलले भारतीय क्षेत्र जयनगरमा प्लेटफर्म निर्माणदेखि कर्मचारीको कार्यालय आवासगृहलगायतका भौतिक संरचनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ । ठेकेदार कम्पनीले सन् २०१७ को जुनसम्ममा जयनगर जनकपुर रेल सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि नेपाली पक्षको उदासिनताका कारण सन् २०१८ मार्चसम्मका लागि म्याद थपिएको भारतीय ठेकेदार कम्पनी इरकनका इञ्जिनियर मोलुरामले बताए। ब्रोडगेज रेलमार्ग निर्माणको ठेक्का पाएको भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेशनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरी जिल्लामा नायक इन्फ्रास्ट्रक्चर प्रालि असन गुहाटीलाई पूर्वी धनुषाको इनर्वादेखि महुवा कपिलेश्वरसम्म २४ किलोमिटरको लागि रु ६५ करोड र धनुषाको कालिका रमन जेभी कम्पनीलाई कपिलेश्वरदेखि महोत्तरीको भंगहासम्म २४ किलोमिटरमा माटो स्लिपर ग्राभेललगायतको कामका लागि रु ७० करोडमा ठेक्का दिएको छ । ब्रोडगेज रेलमार्ग निर्माण भएपछि रेल सेवा सञ्चालनमा आउँदा नेपाल भारतबीच रहेको व्यापारी तथा आर्थिक सम्बन्ध सुदृढिकरण भई दुवै देशको जनताको आर्थिक विकासमा थप योगदान पुग्न सक्ने विश्वास लिएको छ । भारतको जयनगरदेखि बर्दिवाससम्म ब्रोडगेज रेलमार्ग निर्माण भई रेल सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका २४ गाउँ विकास समिति र जनकपुर उपहानगरपालिकाको आर्थिक विकासमा थपटेवा पुग्ने विश्वास लिएको छ । यसबाट यस क्षेत्रका १० लाख जनताले प्रत्यक्ष लाभ लिन सक्ने जनाएको छ । विसं १९९४ ९सन् १९३७० मा शुरु भएको जनकपुर–जयनगर–बिजुलपुरा ५१ किमी रेलमार्ग विसं २०५८ को बाढीले बिगीपुल बगाएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्ग पनि स्तरोन्नति गर्न भनी विभागले विसं २०७० मा बन्द गरेको हो । भारतको जयनगरदेखि जनकपुरसम्मको व्यापारको प्रमुख आधार रेलमार्ग भए पनि ब्रोडगेज निर्माणका कारण लामो समयसम्म रेलमार्ग बन्द हुँदा नेपाल भारतको व्यापार जयनगर–उमगाउँ–जटही नाकाबाट हुँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies