Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अाजको माैसमः महोत्तरीमा झलमल्ल घाम लाग्दा खुशीले कराए, हुम्लामा हिउँ पर्दा डराए

[caption id=\"attachment_56100\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं। महोत्तरी जिल्लामा २४ दिनपछि एकाबिहानै झलमल्ल घाम देखिएपछि उत्साह छाएको छ ।गत पुस १७ गतेदेखि लगातार बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहिरहने क्रम पछिल्ला दुई/तीन दिनयता मध्याह्नपछि घाम देखिएर घट्दै गएपनि एकाबिहानै पारिलो घाम भने २४औँ दिनमा आज देखिँदा जिल्लाका गाउँनगर बस्तीमा खुशी र उत्साह छाएको हो । तराईको मिथिला क्षेत्रमा श्रीपञ्चमी पनि भनिने माघशुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमी पर्व जाडो घट्दै गएर न्यानो बढ्ने पर्वका रुपमा मानिने गरिन्छ । यसपालि वसन्तपञ्चमी मनाइएसँगै मध्याह्नतिर पारिलो घाम देखिँदा जाडो घट्दै गएर दुई दिनपछि आज एकाबिहानै पारिलो घाम देखिएपछि अब चैं न्यानो बढ्ने आश जागेको बर्दिवास–९ पशुपतिनगरका ७५ वर्षीय नथुनी महतोले बताए । “अब चैं हुस्सु र स्याँठ बिदा भएकै हो”, महतोले भने, “वसन्तपञ्चमी उत्सव भनेकै जाडो बिदा भएर पारिलो घाम लाग्दै जाने हो, अब बिहानैदेखि झलमल्ल घाम देखिनेछ ।” आज एकाबिहानै झलमल्ल पारिलो घाम लागेपछि वृद्धवृद्धा घाम ताप्न घरबाहिर निस्केका छन् । “कि कहैछि बौवा, करिब एक महिना से झोपडीभितर जकडल छली” (के भन्छन् बाबु, करिब एक महिनादेखि झुप्रोभित्रै जकडिएर बसेकी थिएँ), आँगनमा घाम तापिरहेकी भङ्गाहा नगरपालिका–४ रामनगर बस्तीकी ८० वर्षीया मोहवती खातुनले लट्टा परेको कपाल कन्याउँदै भने “आब जियके आस जागल, आई नहैबे करब” (अब बल्ल बाँच्ने आश जाग्यो, आज चैँ नुहाउँछु) । एकाबिहानै पारिलो घाम देखिएपछि गोठका गाई–वस्तु पनि ड्वा–ड्वा कराउँदै आफ्ना धनीलाई बाहिर सार्न सङ्केत गरिरहेका छन् । “हुस्सु फाटेर आकाश सफा देखिएकाले यी वस्तुले गोठभित्रैबाट बुझे”, बर्दिवास–१३, बिजलपुरा भेडियर बस्तीका पशुपालक किसान पशु बस्तुको भाषा बुझेको भावमा भने “भण्डै महिना दिनपछि बल्ल आज गाई–वस्तु फुकाएर चरनमा लान पाइने भइयो ।” लामो समयपछि झलमल्ल घाम देखिएलगत्तै नदी, धारा, कुवा र इनार वरिपरि लुगा धुने र नुहाउनेको भीड नै देखिएको छ । लुगा धुने पेशाका धोबी पनि अब चैं लुगा धोएर सुकाउन पाउने आशले पानीघाटमा लुगा धुन थालेका देखिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हुस्सु फाटेर झलमल्ल घाम देखिएपनि मध्य र दक्षिणी क्षेत्रमा भने अझै अँध्यारो राम्ररी हटेको छैन । “आकाश त उघ्रँदैछ”, जिल्लाको सुदुर दक्षिण–पूर्वी क्षेत्रको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले टेलिफोनमा भने “स्याँठ चल्न रोकिएर घामको किरण देखिएकाले अब अँध्यारो फाट्दै जाने आश जागेको छ ।” जिल्लाका पाका उमेरका वृद्धवृद्धा भने वसन्तपञ्चमी उत्सव मनाई सकिएकाले अब सबैतिर मौसम सफा हुँदै जाने बताउँछन् । गोरखाः उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताए । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । “हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उनले भने “हिउँ परिरहेको छ । एक फिट जति हिउँ जमिसक्यो ।” यो वर्ष पहिलो पटक आज हिमपात भएको हो । टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही भने खुशी पनि छन् । गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्प प्रभावित त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण शुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका छन् । लाप्राकीहरु अधिकांश भने पुरानै गाउँमा उनीहरुले मर्मत गरेकै घरमा बसेका छन् । पुरानो गाउँमा पनि हिमपात भएको स्थानीयवासी तुले गुरुङले बताए । हिमपातपछि बारपाक–लाप्राक कच्ची सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि यो सडकमा ट्र्याक्टर, बोलेरो जिप गुड्न सक्दैन । हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ । केहीले हिउँ तताएर पानी पिउने गर्छन् । घाम लागेपछि मात्रै मुलको पानी बग्छ । टहरोभित्र आगो तापेर भूकम्प प्रभावितहरु बसेका छन् । रसुवाः बिहानैदेखि परेको पानीसँगै जिल्लाका उच्च हिमाली भागमा हिमपात शुरु भएको छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार त्यस क्षेत्रका साथै गोसाइँकुण्ड, लाङटाङ, नाकथली लगायतका स्थानमा हिमपात भइरहको छ । गत वर्ष भने फागुनमा मात्र हिमपात भएको र यस वर्ष माघको दोस्रो साताबाटै हिमपात र पानी परेपछि हिउँदे बाली राम्रो हुनेमा स्थानीयवासी उत्साहित भएका छन् । हुम्लाः गएरातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ । जिल्लाको सिमीकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाका साथै रुघाखोकी, निमोनियाँका बिरामी चिसोबाट थप मर्कामा परेका छन् । भारी हिमपातसँगै लिली, मुचु, फुङगाल, हेक्पा, स्याडामा खर्कमा राखिएका चौँरी, झोवालाई घर गोठमा ल्याइएको छ । जिल्लामा हिमपात भएपछि स्थानीय किसान भने हर्षित भएका छन्, अहिलेको हिमपातले स्याउ लगायतका बालीनालीलाई सकारात्मक प्रभाव पर्ने कृषिविद्हरुले जनाएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies