Khabar Dabali Logo
  October 27, Tue

प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम

काठमाडाैं । नलगाड नगरपालिका–३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का– डाँडागाउँ–कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए । १० लाख रुपैयाँ खर्चेर निर्माण भएको मोटरबाटोमा गाडी गुड्न थालेपछि मात्र पार्टीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रबहादुर पुनलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका छन् ।

अाजको अन्नपूर्णमा खबर छ-छेडागाड नगरपालिकाका–११ का वडाध्यक्षले चुनाव जितेपछि डोजर किनेका छन् । उनले पनि नगरपालिकाको छेडा–थलह सडक मर्मत गर्ने ठेक्का लिए । अहिले यो सडकमा बस सेवा सञ्चालनमा छ। नगरपालिकाले उक्त सडक निर्माण तथा मर्मतका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यहाँ पनि न टेन्डर आह्वान गरियो न उपभोक्ता समिति नै बनाइयो । अहिले बिल भर्पाई पारित गराउन प्रक्रिया पुर्‍याउने काम भइरहेको स्थानीय कालीबहादुर खत्रीले दाबी गरे ।

नगरप्रमुख लालबहादुर महताराको निर्देशनमा खनिएको त्यो बाटोमा कति खर्च भयो स्थानीयलाई जानकारी नदिइएको खत्रीको भनाइ छ।भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाहीले स्याउली–पुन्मा सडक निर्माणका लागि नगरपालिकाले विनियोजना गरेको १५ लाख रुपैयाँमध्येकै बजेटमा डोजर ल्याई आफैंले बाटो खने । बाटो खन्दा विवाद भएपछि युवा संघका जिल्ला अध्यक्ष दीपेन्द्र शाहीले वडाध्यक्षलाई कुटपिटसमेत गरे। यी केही प्रतिनिधि घटना हुन् ।

जिल्ला सदरमुकामसम्मको सडक कालोपत्रे भए पनि जाजरकोटका ग्रामीण भेगमा अझै मोटरबाटो पुगेको छैन। चुनावका बेला गाउँगाउँमा मोटरबाटो पुर्‍याउने भन्दै उम्मेदवारले मत मागेका थिए। तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका अधिकांश नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष र वडाध्यक्षले डोजर किन्ने तयारी गरिरहेका छन् । हालसम्म १२ जना जनप्रतिनिधिले डोजर किनिसकेको बताइएको छ। कतिपयले आफन्तमार्फत डोजर खरिद गरिरहेका छन् ।

माघ १० गते, २०७४ - ११:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top