Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एमाले नेताको खुलासाः मोदी-अोलीको टेलिफोनको रहस्य यस्तो पो रहेछ

\"\"काठमाडौं । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूह (ईपिजी) का नेपाल समूहका सदस्य डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध अब २१ औं शताब्दी अनुसार नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थप्नेगरि अहिले सघन छलफल भैरहेको स्पष्ट पारेका हुन् । साक्षात्कारमा भट्टराईले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हित अनुकुल नै अघि बढ्ने भएकोले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरुसँग पारस्परिक सम्बन्ध राखिने जनाए । उनले भने,‘हाम्रो दुवै छिमेकी मित्रराष्ट्रहरुसँग गहिरो र फराकिलो सम्बन्ध छ, कसैसँग हामीले वैरभाव राख्नुहुँदैन्, र राख्न आवश्यक पनि छैन्।’ उनले आजको युग भनेको द्धिपक्षीय र बुहपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्ने युग भएकोले यसबारे विभिन्न अभ्यासहरु भैरहेको जानकारी दिँदै भने,‘संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्धान्तमा छिमेकीहरुसँग पारस्परिक लाभका आधारमा, हाम्रो राष्ट्रको हितमा, समानताका आधारमा र अहस्तक्षेपका आधारमा सम्बन्ध विकसित गरेर अघि बढ्ने हो।’ नेपाल–भारत सम्बन्ध सबै हिसाबले गहिरो र प्रगाढ भएको उल्लेख गर्दै नेता भट्टराईले भने,‘नेपाल–भारत सम्बन्ध सबै हिसाबले सुमधुर छ, र यो निरन्तरता पनि हो, आगामी दिनमा अझै फराकिलो र गहिरो बनाएर जानुपर्छ, अहिले त्यो दिशामा हामी अघि बढिरहेका छौं।’ उनले नेपालको विदेश नीति कुनै छिमेकी देशको विपक्षमा नहुने समेत स्पष्ट पारे । ‘हाम्रो भू–भाग कसैको विपक्षमा हुनेछैन’–उनले थपे । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच निर्वाचन सम्पन्न भएयता दुईपटक टेलिफोनवार्ता भएको बताउँदै उनले भने,‘निर्वाचन सम्पन्न भईसकेपछि उहाँहरुको वीचमा दोस्रोपटक टेलिफोनमा सम्वाद भएको छ । हालै भारतीय प्रधानमन्त्री मोदीले नै उताबाट फोन गर्नुभएको थियो । फोनमा मोदीले नयाँ वर्ष २०१८ लागेकोमा शुभकामना आदानप्रदान, ओलीको स्वास्थ्य स्थितिबारे जानकारी राख्नुभयो । त्यसपछि उहाँले फेरि तपाईलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छौं भन्नुभयो । र, त्यही प्रधानमन्त्री नवनियुक्त भैसकेपछि भारत भ्रमणको पूनः निमन्त्रणा दोहोर्याउनुभएको छ। त्योसँगै भोलिका दिनमा सहकार्य गरेर अगाडि जाने कुरा बताउनुभयो ।’ यता एमाले अध्यक्ष ओलीले पनि नयाँ वर्षको उपलक्ष्यामा मोदीलाई शुभकामना दिएको उनले जानकारी दिए । मोदी–ओलीवीचको सम्वादबारे प्रकाश पार्दै उनले भने,‘हाम्रो अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य स्थितिको कुरा बताईदिनुभयो । त्यसपछाडि भारत भ्रमणमा आउने कुरालाई स्विकार्दै उहाँले पनि मोदीजीलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभयो । र, पहिला मोदीजीको पोष्टपोन भएका दुई वटा भ्रमणहरु–एउटा जानकी मन्दिरको भ्रमण र अर्को मुक्तिनाथ जाने) उहाँको पूरानो ईच्छा, यी दुईवटा भ्रमणको व्यवस्था गरेर नेपाल भ्रमण आउनको लागि ओलीले पनि निमन्त्रणा दिनुभयो ।’ उनले राजनीतिक तहमा सबैभन्दा उच्च तहमा रहेका, निर्णायक ठाउँमा रहेका नेताहरुकावीचमा दुईवटा मुलुकको सम्बाद हुने कुराले सम्बन्ध सुमधुर बनाएर, अगाडि लिएर जाने कुरामा नै सहयोग पुर्याएको विश्वस व्यक्त गरे उनले मोदी र ओलीवीचको पछिल्लो सम्वादसँगै नेपाल र भारतका बीचमा यो अगाडि जे–जस्ता अवस्था थियो अब त्यो भने नरहेको स्पष्ट पारे । उनले भने,‘अब हामी एउटा समझदारी बनाएर दुईवटा मुलुकले सम्बन्धलाई राम्रो बनाएर जानुपर्छ, त्यो सम्बन्धलाई राम्रो बनाएर जाँदा नै दुवै मुलुकको हित छ । र, दुवै मुलुकका चासोहरुलाई सम्बोधन हुन्छ भन्ने कुरातर्फ अघि बढिरहेका छौं ।’ आफूहरु द्धिपक्षीय सम्बन्धमा देखिएका समस्यालाई समाधान गरेर नेपाल र भारतलाई २१ औं शताब्दीको यो दोस्रो दशकको नयाँ उचाईमा लिएर जान चाहिरहेका प्रष्ट्याए । उनले अघि भने,‘त्यसका लागि प्रवुद्ध समूहको तर्फबाट हामीले त्यो अभ्यास, खासगरी विगतजस्तो तित्ततापूर्ण, समस्याग्रस्त, एकले अर्कालाई नराम्रो मान्नुपर्ने यस्तो अवस्थाबाट मुक्त होस् भन्ने त्यो उचाईबाट नेपाल र भारत सम्बन्धलाई अगाडि लैजान चाहिरहेका छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies