Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मन्त्रीले दिए राजीनामा, तनावमा देउवा

\"\"काठमाडाैं । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूले राज्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले दाङलाई प्रादेशिक राजधानी बनाउन नसकेको हुँदा नैतिकताको आधारमा सोमबार नै सचिवालयमा गएर राजीनामा दिएको जानकारी दिए । ‘दाङलाई प्रदेश नं. ५ को प्रदेश राजधानी बनाउनका लागि मैले इमानदारीपूर्वक पहल गरेको हुँ, तर, मेरो आवाज अग्रज नेताहरूले सुनेनन्,त्यसैले राजीनामा बुझाएको हुँ,’ नेपाली कांग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ को १ बाट निर्वाचित प्रदेश सदस्य समेत रहेका चौधरीले भने । चौधरीले आफूले राजीनामा दिएको बारेमा प्रधानमन्त्री र शीर्ष नेता सबैलाई अवगत गराएको बताए । ‘प्रधानमन्त्री रिसाउनु भयो, चुप लागेर बस्न भन्नु भयो, तरपनि मैले राजीनामा बुझाएको छु,’ राज्य मन्त्री चौधरीले भने । प्रदेश नं. ५ को केन्द्र भाग दाङलाई अस्थायी राजधानी नतोकेर भौगोलिक रूपमा अपायक पर्ने कुनोलाई राजधानी बनाउनु अन्याय भएको बताए । आफूले इमानदारीपूर्वक प्रयास गरेको भएपनि नेता बालकृष्ण खाँण लगायतको प्रेसरले गर्दा बुटवल अस्थायी राजधानी भएको उनले बताए । बुटवल राजधानी हुँदा दाङमा आन्दोलन गराउन भूमिका खेलेको भन्दै नेता खाँण लगायतका बुटवल क्षेत्रका नेताहरूले समेत आफूसँग असन्तुष्टि व्यक्त गरेको चौधरीले बताए । यसैबीच, उनले अब बन्ने प्रदेश सरकारले दाङलाई स्थायी प्रदेश राजधानी बनाउनु पर्ने बताए । ‘दाङकै मुख्यमन्त्री बन्ने निश्चित छ र बहुमत वामकै छ , त्यसैले दाङ नै राजधानी बनाउनु हुन्छ भन्ने विश्वास छ,’ चौधरीले भने । राज्यमन्त्री चौधरीले आइतबार मात्रै अस्थायी राजधानी बुटवल गएर प्रदेश सदस्यको सपथ लिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies