Khabar Dabali Logo
  October 27, Tue

मेरुदण्ड पीडित बम्जनलार्इ जनप्रगतिशिल मञ्च युराेपको १ लाख ५ हजार सहयोग

  • माघ ९ गते, २०७४ - १४:४७

काठमाडाैं । ५ बर्ष अघि मेरुदण्डमा चोट लागेर उपचार नपाएका सिन्धुली घ्याङ्लेक-१ का सुरेन्द्र कुमार बम्जनलार्इ नेकपा माअोवादी केन्द्रको जनप्रगतिशिल मञ्च युराेप शाखाले अार्थिक सहयोग गरेको छ । माअोवादी केन्द्रीय कार्यालयमा मंगलबार एक कार्यक्रमबीच बम्जनलार्इ युराेप शाखाले १ लाख ५ हजार रूपैयाँ सहयोग गरेको हो ।

माअोवादीका अन्तराष्ट्रिय विदेश विभाग सचिव युवराज चाैलागाइँको प्रमुख अातिथ्यमा भएको कार्यक्रममा बम्जनलार्इ रकम हस्तान्तरण गरिएको वाइसिएलका केन्द्रीय सदस्य तथा गायक नविन खड्काले खबरडबलीलार्इ जानकारी दिए । जनप्रगतिशिल मञ्च युराेपका महासचिव गंगा भुसाल रकम हस्तान्तरणका लागि नेपाल अाएका थिए । भुसालको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अातिथ्य गरेका माअोवादीका युराेप सहसंयाेजक कर्ण शाहीले थप ५ हजार रूपैयाँ सहयोग गरेका थिए । शाहि हाल युकेमा कार्यरत छन् ।

कार्यक्रममा चाैलागाइँले जनयुद्दमा लागेर घाइते भएका तथा पछि पार्टी मातहत जोडिन अाएर उपचार अभावमा बसेकाहरूलार्इ छुट्टै कोष खडा गरेर उपचारमा सहयोग गर्ने बिषयमा पार्टीमा छलफल भइरहेको बताए । त्यस्तै भूसालले युरोपमा बसोबास गर्ने सहयोगी मनहरूबाट संकलित रकम हस्तान्तरण गरेको बताउँदै बम्जनलार्इ धेरथोर सहयोग गरेको बताए ।

हाल सम्म अपाङ्ग जीवन बिताउन बाध्य बम्जनका दुइ छोरा छन् । आफ्नो सम्पुर्ण जायजेथा बेचेर उपचार गर्दा समेत ठिक हुन नसके पछी उनी हाल ह्विल चियरको सहायतामा जीवन बिताउँदै आएका छन ।

‘नेपालका विभिन्न अस्पतालमा उपचार गराउदा भएको सबै सम्पत्ति सकियो अब उपचारको लागी भारतको नया दिल्लीमा जानुपर्ने डाक्टरहरु ले सल्लाह दिएका छन’बम्जनले खबरडबलीसँग भने, ’३० लाख रुपैयाँ खर्च लाग्छ भन्छन कहाँबाट ल्याउनु त्यत्रो पैसा ।’

जनयुद्धकाल देखि माओवादी पार्टीमा सक्रिय रूपमा लागेका बम्जन हाल सम्म सिन्धुलिमा ईमानदार र जुझारु कार्यकर्ताको रूपमा चिनिन्छन भने उनले माओवादी केन्द्रका सम्पुर्ण नेता कार्यकर्ताहरु लाइ आफ्नो उपचारको लागी सहयोग गरिदिन अपिल समेत गरेका छन ।

त्यस्तै प्रगतिशील कलाकार संघ युएईले डिसेम्बर १५ तारीख बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेर बम्जन उपचारमा सहयोग पुर्याउन केहि रकम संकलनसमेत गरेको थियो ।

माघ ९ गते, २०७४ - १४:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top