Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भूकम्प पीडितकाे पीडा, जग राखेका घर अलपत्र

\"\"सिन्धुली । निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि गाँउगाँउमा जग राखेका घर अलपत्र भएका छन् । निर्माण सामग्री महँगो भएपछि मच्चाएपछि यतिबेला पुस मसान्तअगाडि नै घरको जग राखिसकेका स्थानीयको समेत घर निर्माण कार्यले गति लिन सकेको छैन। अाजकाे नागरिकमा खबर छ । कमलामाई नगरपालिका ५ का कृष्णप्रसाद दाहाल कस्तो घर बनाउने भन्ने अन्योलमा छन् । ‘मेरो सोचाइ सिमेन्ट, रड र इँटाकै प्रयोग गरेर घर बनाउने थियो, तर निर्माण सामग्रीको मूल्य बढेको बढ्यै छ कस्तो घर बनाउने भन्ने अन्योल थपियो,’ दाहालले भने। सरकारले भूकम्प पीडितलाई पुस मसान्तसम्ममा दोस्रो किस्ता लिनुपर्ने लिष्ट सार्वजानिक गरेसँगै रातारात महँगो मूल्यमा जग राखेका भूकम्प पीडितलाई यतिबेला घर कसरी सम्पन्न गर्ने भन्ने चिन्ता लाग्न थालेको छ । घर बनाउने सामानको अभाव हुन थालेको छ । एकैपटक जिल्लाका अधिकांश घर बन्न थालेपछि घर बनाउने सामानको मूल्यमा व्यापारीले ब्रह्मलुट गरेपछि भूकम्पपीडित समस्यामा परेका हुन्। २०७३ सालको साउनसम्ममा सम्झौता गर्नेले २०७४ असार मसान्तमा घर बनाइसक्नु पर्ने प्रावधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजानिक गरेपछि जिल्लामा धेरै निजी अवास एकसाथ बन्न थालेका छन् । सोही मौका छोपी हार्डवयरका सामान तथा बालुवा गिट्टी, इट्टाको भाउ मनपरी ढंगबाट महँगो लिने गरेको गुनासो भूकम्पपीडितले गरेका छन् । भाउ बढेकै कारण निजी आवास जग मात्रैमा सीमित भएको छ । हार्डवयरका सामग्रीदेखि नदी खोलाबाट उत्खनन् गरी ल्याइने गिट्टी बालुवाको समेत भाउ दोब्बर झै भएको भूकम्पपीडित बताउँछन् । ‘यतिधेरै भाउ बढेको छ, राजनीतिक दल तथा तिनका भातृ संगठनले समेत केही बोल्दैनन्,’ एक भूकम्पपीडितले भने, ‘मैले जग एक महिना अगाडि नै निर्माण गरिसकेको छु, सामानको भाउ केही घट्छ कि भनेर बसेको हुँ। कमलामाई नगरपालिका ४ मा घर निर्माण गर्दै गरेका शिक्षक सन्तोष बोहोरा निर्माण सामग्रीमा ब्रह्मलुट भएकै कारण सोचेजस्तो घर निर्माण गर्न नसक्ने अवस्था आएको बताउँछन् । ‘अरु समयको भन्दा दोब्बर बढी खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी बनाउने भूकम्पपिडितले घर ?’, उनले भने, ‘राज्यले पीडितलाई घर बनाउन राहत दियो, तर निर्माण सामग्रीमा ब्रह्मलुट भएको वास्ता गरेन।’ प्रति ट्याक्टर १२ देखि १५ सय पर्ने ढुंगालाई हाल २२ देखि २५ सयसम्म व्यापारीले लिन थालेका छन् । खोलामा ढुंगाको अभाव भएको भन्दै ट्याक्टर धनीले भूकम्पपीडितलाई ढुंगा बालुवाको मूल्य दोब्बर बढाएका हुन् । झन्डै ३४ हजार घर २०७२ सालको बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भन्दै पुनर्निर्माणका लागि सरकारले लाभग्राहीको सूचीमा राखेको छ । तिनै घर धमाधम बन्न थालेपछि हाल सदरमुकाम सिन्धुलीमाढीसहित गाँउगाँउमा घर बनाउने सामग्री अभावका साथै महँगो पर्न थालेको भूकम्पपीडित बताउँछन् । ‘सरकारले दिएको तीन लाख रुपैयाँले जगभित्रै राख्ने ढुंगा र बालुवा किन्दै सकिने भयो,’ भूकम्प पीडित भन्छन्, ‘पहिले पो ढुंगाबालुवा केही सस्तो थियो, ३ लाखमा घर बन्छ भन्ने आश थियो अहिलेको महँगी हेर्दा त ७ लाख बढी लगानीमा दुई कोठा तयार पार्न हम्मेहम्मे पर्ने भयो ।’ खोलामा बालुवा र ढुंगा पाउन छाडेकाले महँगो गरी ल्याउनसमेत गाह्रो पर्न थालेको ट्याक्टर चालक बताउँछन्। पीडितलाई थप पीडित बनाउन मिल्दैन, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष उत्तम पहाडीले भने, ‘मूल्य नघटाए चरणबद्ध आन्दोलनमा उत्रन्छौ ।’ उनले मौका छोपेर एकै पटक निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि हुनु ब्रह्मलुट नै मच्चाइएको जनाए । उता हार्डवयर व्यपारीले भने कम्पनीले बढाएकाले मूल्य बढेको जनाएका छन्।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies