Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

उम्मेदवारको टुंगो लगाउन काग्रेस बैठक बालुवाटारमा बस्दै

\"\"काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले अघि सार्ने उम्मेदवारको टुंगो अाज लगाउने भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारको अन्तिम निर्णय लिनेछ। कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीनजनाको नाम टुंगो लगाएको जनाएको छ । खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो। उम्मेदवारको टुंगो लगाउन सोमबार पनि पार्टी नेताहरु सक्रिय रहे पनि केही नाममा नेताहरुबीच सहमति जुट्न नसकेपछि मंगलबार पुनः बसेर निर्णणमा पुग्ने सहमति भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘छलफल सुरु भएको छ तर निर्णय हुन बाँकी छ,’ केसीले भने, ‘पार्टीभित्र बृहत् सहमतिबाट मंगलबार निर्णयमा पुग्नेछाैँ ।’ कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीन जनाको नाम टुंगो लगाएको जनाएको छ। खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको छ । प्रदेश चारबाट केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई अघि सार्ने निश्चित भएको छ। यद्यपि नेता रामचन्द्र पौडेलले उक्त प्रदेशबाट मगर समुदायबाट उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गर्दै मन्त्रिपरिषद्बाट मनोनीत गर्ने तीनमध्ये एकमा पाण्डेलाई समेट्न सभापतिलाई आग्रह गरेका थिए। तर, सभापति देउवाले त्यसलाई अस्वीकार गरेका छन्। ‘पार्टी केन्द्रीय सदस्य र अवसर नपाएका नेताहरुलाई राष्ट्रियसभा उम्मेदवार बनाउन तयारी छ,’ केसीले भने, ‘अन्य दलसँग पनि छलफल भइरहेकाले सबै एकैसाथ निर्णयमा पुग्छौं।’ माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्नुपर्नेछ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies