Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कसरी हुन्छन् दैनिक १७ नेपाली बेपत्ता ? तीन वर्षमा १९ हजार ९१८ नागरिक हराए

\"\"काठमाडाै । दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ । धेरै बेपत्ता हुनेमा महिला बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । तीन वर्षको अवधिमा १० हजार २८३ महिला हराएका छन् । बेपत्ता हुने महिलाको संख्या ५४.३५ प्रतिशत छ । महिलापछि धेरै बालक हराएका छन् । यस अवधिमा तीन हजार १७९ बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वयस्क पुरुषको संख्या पनि धेरै छ । आर्थिक वर्ष ०७१-७२ देखि ०७४-७५ सम्म मुलुकभरिबाट तीन हजार १३१ वयस्क पुरुष बेपत्ता भएका छन् । तुलनात्मक रूपमा बेपत्ता हुने बालिकाको संख्या भने केही कम छ । तीन वर्षमा दुई हजार ३२५ बालिका बेपत्ता भएका छन् । लुकेर बस्नेका कारण बेपत्ताको संख्या बढी नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढिरहेको बताए । भेटिएकाले प्रहरीमा रिपोर्ट नगर्ने र लुकेर बस्ने भएका कारण बेपत्ता हुनेको संख्या बढ्न पुगेको उनको भनाइ छ । ‘तथ्यांक हेर्दा बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ । जब मान्छे हराउँछन्, तत्काल प्रहरीमा खबर गर्छन् । तर, भेटिएको खबर गर्दैनन् । कतिपय मान्छे आफैँ लुकेर बसेका हुन्छन् । विशेषगरी महिलामा यस्तो समस्या देखिन्छ,’ नेउपानले भने, ‘उनीहरू रोजगारका क्रममा कुनै पेसामा संलग्न हुन्छन् । तर, त्यो पेसा सार्वजनिक गर्न चाहँदैनन् । त्यसवेला उनीहरूले आफ्नो वास्तविक परिचय ढाँट्छन् । यसले पनि बेपत्ता हुनेको संख्या बढेको देखिन्छ ।’ बेपत्ता हुनेको संख्या १८ प्रतिशतले वृद्धि प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि भएको छ । आव ०७३-७४ मा सात हजार २७८ सर्वसाधारण बेपत्ता भएका थिए । यो संख्या आव ०७२-७३ को भन्दा १८.१५ प्रतिशतले धेरै हो । आव ०७२-७३ मा पाँच हजार ९५७ बेपत्ता भएका थिए । आव ०७३-७४ मा अघिल्लो वर्षभन्दा एक हजार ३२१ बढी बेपत्ता भएका थिए । आव ०७१-७२ मा भने पाँच हजार ६८३ बेपत्ता भएका थिए । यो संख्या आव ०७२-७३ भन्दा २७४ ले र आव ०७३-७४ भन्दा एक हजार ५९५ ले बढी हो । किन हुन्छन् बेपत्ता ? प्रहरीका अनुसार फेला परेपछि प्रहरीलाई खबर नगर्ने, अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने र परिचय लुकाएर रोजगारमा संलग्न हुने गरेका कारण बेपत्ता हुनेको संख्या बढी देखिएको हो । प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार बेपत्ता हुनेमा महिलाको संख्या धेरै छ । धेरै मान्छे अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने र परिचय लुकाएर बस्ने गरेको प्रहरीको भनाइ छ । ‘महिला अवैध रूपमा वैदेशिक रोजगारमा जान्छन् । यसको रेकर्ड कतै हुँदैन । धेरैजसो त आफन्तलाई ढाँटेर वैदेशिक रोजगारमा गएका हुन्छन् । उनीहरूका आफन्तले प्रहरीमा हराएको निवेदन दिन्छन् । पछिल्ला दिनमा यस्ता घटना धेरै भएका छन्,’ डिआइजी न्यौपानेले भने, ‘कतिपय महिला आफूले गर्दै आएको कामबारे खुलाउन चाहँदैनन् । उनीहरू आफ्नो परिचय ढाँटेर बसेका हुन्छन् ।’ डिआइजी न्यौपानेका अनुसार केही मानिस भने साँच्चिकै बेपत्ता हुन्छन् । विशेषगरी बालबालिकाको हकमा यस्तो हुन्छ । ‘उनीहरू कुनै न कुनै माध्यमबाट भारतका सर्कस, कोठीलगायत ठाउँमा बेचिन पुग्छन् । यसको रेकर्ड प्रहरीमा हुन्छ । त्यसो हुँदा बेपत्ताको संख्या बढ्न पुगेको हो,’ उनले भने ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies