Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक

\"\"काठमाडौं । ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् ।

प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पु¥याउन थप छ महिनाको समयसीमा दिएको थियो । तर एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर (एफपिओ) बिक्री गर्न लागेको छ । सो समेत गरी कूल सात करोड सात करोड ७१ लाख एक हजार १७० कित्ता शेयर बजारमा आउन लागेको हो । सिद्धार्थ बैंकले पनि राष्ट्र बैंककै निर्देशनअनुसार चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्कासन गर्ने बाटो रोजेको हो । सो उपाय अपनाउँदासमेत बैंकको चुक्ता पूँजी रु आठ अर्ब पुग्ने देखिँदैन । हकप्रद शेयर बिक्री गर्दा अपुग हुने रकमका लागि बैंकले बोनस शेयरको अवधारणा अगाडि सारेको छ । बैंकले रु छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते हकप्रद शेयर निष्कासनको अनुमति दिएको थियो । हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी रु सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ भने बाँकी रकम परिपूर्ति गर्न बैंकको चालू आवको नाफाबाट बोनस वितरण गरिनेछ । त्यसैगरी कुमारी बैंकले पनि चुक्ता पूँजी रु आठ अर्ब पु¥याउन हकप्रद शेयरकै बाटो रोजेको छ । हकप्रदका लागि बोर्डमा आवेदन दिइसकेको छ । बैंकको चुक्ता पूँजी रु पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार बराबरको २० प्रतिशत अर्थात् १० बराबर दुईका दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिएको छ । बैंकले रु एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको जनाएको छ । विभिन्न चारवटा वित्तीय संस्थालाई प्राप्ति गर्दासमेत चुक्ता पूँजी रु आठ अर्ब नपुगेपछि सो बैंकले हकप्रदको बाटो रोजेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले दुई बराबर एक अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । सो बैंकले पनि चुक्ता पूँजी पु¥याउन हकप्रदकै बाटो रोजेको छ । रु चार अर्ब ६७ करोड ९० लाख ५८ हजार चुक्ता पूँजी रहेको बैंकको हकप्रद शेयरपछि चुक्ता पूँजी रु सात सात अर्ब एक करोड ८५ लाख ८७ हजार पुग्नेछ । बाँकी रकम कसरी पु¥याउने भन्ने उपायको खोजी भइरहेको जनाइएको छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्कासन भइसकेको छ । सो बैंकले १० बराबर चार अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर बिक्री शुरु गरिसकेको छ । बैंकले गत पुस २० गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयर लिन सक्ने व्यवस्था गरिएको छ । यही माघ ७ देखि फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकको हाल चुक्ता पूँजी रु पाँच अर्ब ८८ करोड १४ लाख छ । चालीस प्रतिशत हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन दिएको निर्देशनअनुसार नै हकप्रद शेयर निष्कासन गरिएको बैंकले जनाएको छ । एनएमबी बैंकले एक करोड १४ लाख कित्ता थप फरदर पब्लिक अफर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । तर अनुमति भने पाइसकेको छैन । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । तीन बैंकको विवरण सार्वजनिक  विभिन्न बैंकले चालू आवको छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सानिमा बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आफ्नो विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार सानिमा बैंकको नाफा रु ८२ करोड ४७ लाख पुगेको छ । गत वर्ष पुसमा रु ६२ करोड २४ लाख नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी रु २० रहेको छ । सिद्धार्थ बैंकले रु ७७ करोड २८ लाख नाफा गरेको छ । गत वर्षको छ महिनामा रु ७२ करोड ६० लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १.५० प्रतिशत छ भने प्रति शेयर आम्दानी रु २२ रहेको बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंकले चालू आवको छ महिनामा रु ६२ करोड ८६ लाख नाफा गरेको छ । गत वर्ष बैंकले रु ६३ करोड १६ लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १.९४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रु १५ रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies