Khabar Dabali Logo
  October 24, Sat

राष्ट्रिय सभा निर्वाचन: कुन प्रदेशमा कुन दलको कति मत ?

काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते तय गरिएको राष्ट्रिय सभाको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेश सभा सदस्य ५५० गरी २०५६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। जसमा महिला मतदाता ९०७ र पुरुष मतदाता ११४९ रहेका छन् ।

अाजको अन्नपूर्णमा खबर छ-आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष मतदाता रहेका छन् भने प्रदेश सभामा १८९ महिला र ३६१ पुरुष मतदाता छन् । सातवटै प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक, कम्तिमा ३ महिलासहित ८ जनाको दरले ५६ जना राष्ट्रिय सभा सदस्य चुनिनेछन् । १/१ दलित र अल्पसंख्य वा अपांगता भएका गरी १४ जनाको बहुमतीय प्रणालीबाट निर्वाचन हुनेछ भने ३ महिला र ३ खुलाको गरी जम्मा ४२ जना एकल संक्रमणीय प्रणालीको आधारमा निर्वाचित हुनेछन् ।

मन्त्रिपरिषदको सिफारिसमा कम्तिमा १ महिलासहित ३ जना राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष वा प्रमुख/उपप्रमुख तथा प्रदेश सभा सदस्य राष्ट्रियसभा निर्वाचनमा मतदाता हुनेछन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ भने प्रदेश सभा सदस्यको मतभार ४८ छ । प्रत्येक प्रदेशको मतसंख्या र मतभार फरक फरक हुनेछ ।

स्थानीय तहमा १५०६ मतदाताको २७१०८ मतभार हुन्छ । प्रदेश सभाको ५५० मतदाताको २६४०० मतभार रहेको छ । राष्ट्रिय सभा निर्वाचनको कुल ५३५०८ मतभार हुन्छ ।

प्रदेश १ का १३७ स्थानीय तहका २७४ र प्रदेश सभा सदस्य ९३ गरी ३६७ मतदाता हुनेछन् । प्रदेश १ मा स्थानीय तहको ४९३२ र प्रदेश सभाको ४४६४ गरी ९३९६ मतभार हुनेछ ।

प्रदेश २

नेकपा एमाले-३७
नेपाली कांग्रेस-७५
नेकपा माअोवादी केन्द्र-४५
संघीय फोरम-५१
राजपा-५५
अन्य-९

प्रदेश २ मा १३६ स्थानीय तह छन् । जसमा स्थानीय तहबाट २७२ र प्रदेश सभाबाट १०७ गरी ३७९ मतदाता हुनेछन् । प्रदेश २ मा स्थानीय तहको मतभार ४८९६ छ भने प्रदेश सभा सदस्यको मतभार ५१३६ रहेको छ । प्रदेश २ को कुल मतभार १००३२ हुनेछ । प्रदेश २ मा सबैभन्दा बढी मतभार छ ।

प्रदेश ३

नेकपा एमाले-१३३
नेपाली कांग्रेस-६७
नेकपा माअोवादी केन्द्र-३३

११९ स्थानिय तह रहेको प्रदेश ३ मा ११० प्रदेश सभा सदस्य छन् । यो प्रदेशमा स्थानीय तहको २३८ र प्रदेश सभाको ११० गरी ३४८ मतदाता रहेका छन् । स्थानीय तहमा ४२८४ र प्रदेश सभा सदस्यमा ५२८० गरी ९५६४ मतभार रहेको छ ।

प्रदेश ४

नेकपा एमाले-७०
नेपाली कांग्रेस-८१
नेकपा माअोवादी केन्द्र-१२
अन्य-७

प्रदेश ४ मा ५ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको १७० र प्रदेश सभाको ६० गरी २३० मतदाता रहेका छन्। स्थानीय तहको ३०६० र प्रदेश सभातर्फ २८० गरी ५९४० मतभार रहेको छ ।

प्रदेश ५

नेकपा एमाले-९०
नेपाली कांग्रेस-६४
नेकपा माअोवादी केन्द्र-४१
संघीय फोरम-११
अन्य-१२

प्रदेश ५ मा १०९ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहका २१८ र प्रदेश सभाका ८७ गरी ३०५ मतदाता रहेका छन्। जसमा स्थानीय तहको ३९२४ र प्रदेश सभाको ४१७६ गरी ८१०० मतभार हुनेछ ।

प्रदेश ६

नेकपा एमाले-५८
नेपाली कांग्रेस-४१
नेकपा माअोवादी केन्द्र-५१

प्रदेश ६ मा स्थानीय तहको १५८ र प्रदेश सभा ४० गरी १९८ मतदाता रहेका छन् । प्रदेश ६ मा ७९ स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको २८४४ र प्रदेश सभाको १९२० गरी ४७६४ मतभार रहेको छ ।

प्रदेश ७

नेकपा एमाले-८३
नेपाली कांग्रेस-७२
नेकपा माअोवादी केन्द्र-१९

अन्य-२

प्रदेश ७ मा ८८ वटा स्थानीय तह रहेका छन् । यो प्रदेशमा स्थानीय तहको १७६ र प्रदेश सभाका ५३ गरी २२९ मतदाता रहेका छन् । प्रदेश ७ मा स्थानीय तहको ३१६ र प्रदेश सभाको २५४४ गरी ५७१२ मतभार रहेको छ ।

माघ ८ गते, २०७४ - १५:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top