Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

गौतमबुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहणमा

\"\"चरिकोट । गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताए । उनीहरुले आगामी चैत २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजनासमेत रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले जानकारी दिइन् । उनले भनिन्, ‘वैदेशिक रोजगारीको शिलशिलामा चार वर्ष दक्षिण कोरिया बस्दा बौद्धमार्गीलाई गौतमबुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको हो ।’ दक्षिण कोरियाको पाठ्यपुस्तकमा हालसम्म पनि बुद्ध भारतमा जन्मेको भन्नेकुरा त्यहाँका बालबालिकाले पढिरहेको बताउँदै उनले दक्षिण कोरिया, भियतनाम र चीनका केही स्थानमा साथीहरुसँगको भेटमा पनि उनीहरुमा बुद्धको जन्मबारे भ्रम रहेको पाइएकाले वास्तविक जानकारी गराउन आफू सगरमाथा आरोहण गर्न लागेको बताइन् । आफै पनि वैदेशिक रोजगारबाट फर्केको र विदेशमा गएर विभिन्न हिंसामा प्रताडित नेपाली दिदीबहिनीलाई आफ्नै देशमा फर्किएर देशकै पर्यटन विकास र रोजगारी सिर्जना गर्ने अभियानमा जुट्न प्रयास गर्ने चाहना रहेको छोकीले बताइन् । उनहरूलाई भ्रमणका लागि केही सामग्री खरिद गर्न केही संस्थाले सहयोग गरेपनि आर्थिक अभाब भएकाले थप सहयोगका लागि विभिन्न संघ संस्थाका साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिलसमेत गरिन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies