Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पशुपतिमा दाहसंस्कारका लागि वार्षिक बीस लाख केजी दाउरा खपत

\"\"काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो ।

टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारी मासिक झण्डै एक लाख ७० हजारदेखि दुई लाख केजीसम्म दाउरा खपत हुने बताउँछन् । “जाडो याममा मानिस धेरै मर्ने भएकाले त्यो समयमा धेरै दाउरा खपत हुन्छ,” – उनी भन्छन् ।

कर्पोरेशनले दाहसंस्कारका लागि सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । धार्मिक र अन्य प्रयोजनका लागि प्रतिकिलो रु १३ का लागि दाउरा उपलब्ध गराउँदै आएको कर्पोरेशनले दाहसंस्कारका लागि भने प्रतिकिलो रु १० मा दाउरा उपलब्ध गराउँदै आएको हो । कर्पोरेशनले दिएको जानकारीअनुसार आव २०७१/७२ मा २२ लाख ७२ हजार, आव २०७२/७३ मा २८ लाख १५ हजार ४०० र आव २०७३/७४ मा १६ लाख ८८ हजार ४०० केजी दाउरा खपत भएको छ । यो आवको साउनमा एक लाख ८० हजार ८८२, भदौ एक लाख ४५ हजार ८८३, असोज एक लाख ८१ हजार १३०, कात्तिक एक लाख ७९ हजार १८०, मंसिर दुई लाख ४७ हजार ६२० र पुसमा दुई लाख २२ हजार २५० केजी दाउरा खपत भएको कर्पोरेशनले जनाएको छ । “विद्युतीय शवदाह गृहको प्रयोगका कारण पछिल्लो आवमा पहिलेको तुलनामा कम दाउरा खपत भएको छ,”– महाप्रबन्धक लौडारी भन्छन् । दाहसंस्कारका लागि प्रयोग हुने दाउरा केही व्यक्तिले धार्मिक प्रयोजनका लागि समेत लाने गरेका छन् । एक मृतकको दाहसंस्कारका लागि सामान्य २५० देखि ३०० केजी दाउरा खपत हुँदै आएको छ । मानिसको साइजअनुसार कसै कसैलाई ३५० देखि ४०० केजीे लाग्ने गरेको छ । पशुपतिको विशिष्ट दाहसंस्कार कक्षमा भने अनिवार्य रुपमा ३०० केजी दाउरा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजुकुमार रेग्मी पशुपतिमा मासिक ८०० को हाराहारीमा लास दाहसंस्कारका लागि आउने गरेको बताउँछन् । “दाहसंस्कारका लागि आएका लासमध्ये आधाजसो विद्युतीय शवदाह गृहमा जलाइने गरेको छ,”– उनी भन्छन् । विसं २०७२ माघ १० देखि सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दैनिक १२ देखि १५ लास दाहसंस्कार हुने गरेको उपनिर्देशक रेग्मी बताउछन् । विद्युतीय शवदाह गृहको प्रयोगसँगै मासिक एक लाख २० हजार केजी दाउरा बचत हुँदै आएको छ । दुईवटा शवदाह गृह रहेको वनकालीमा पालोपालो दाहसंस्कारको व्यवस्था मिलाइएको कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा एउटा लास पोल्न ४५ मिनेटदेखि एक घण्टासम्म र दाउरामा दुईदेखि तीन घण्टा लाग्ने गरेको छ । विद्युतीय शवदाह गृहको माग बढेसँगै कोषले एक मेशिन थप गर्न लागेको उपनिर्देशक रेग्मीले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies