Khabar Dabali Logo
  October 30, Fri

सार्वजनिक नगरिएको मन्त्रिपरिषद्को एक निर्णयः प्रहरीका प्रदेश प्रमुखकाे दरबन्दी खारेज

काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीलाई फाजिलमा राख्ने निर्णय गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका एआईजीलाई फाजिल (दरबन्दी नरहने, व्यक्ति मात्र रहने) मा राख्ने निर्णय गरेको स्रोतको दाबी छ । हाल नेपाल प्रहरीमा १६ जना एआईजीको दरबन्दी रहेको छ ।

सरकारले केन्द्रमा तीन जना एआईजी राख्ने र सातै प्रदेशमा डिआईजी राख्ने गरी निर्णय गरेको विश्वस्त स्रोतको दाबी छ । हालका नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित सबै १६ जना एआईजीहरु ३० वर्षे सेवाअवधीका कारण आगामी चैत ३० मा अनिवार्य अवकासमा जांदैछन् ।

‘सरकारले प्रहरीका एआईजीलाई फाजिलमा पठाउने निर्णय गरेको छ, अनिवार्य अवकासमा गएपछि नेपाल प्रहरीमा तीन जना एआईजी मात्र बनाउने सरकारको तयारी हो’ गृहमन्त्रालय स्रोतले भन्यो ।

हाल प्रदेशमा खटिएका एआईजीहरुले अवकास पाएपछि प्रदेशमा डिआईजी खटाउने निर्णय समेत सरकारले गरेको छ ।

प्रदेशमा सहसचिवलाई मन्त्रालयको सचिव वनाएर पठाउने सरकारले तयारी गरेपछि हाल क्षेत्रमा खटिएका नेपाल प्रहरीका एआईजीलाई फाजिलमा राख्ने निर्णय सरकारले गरेको हो ।

नेपाल प्रहरीमा गृहकार्य विनै एआईजीको दरबन्दी सिर्जना गरेको र नियमविपरित उनिहरुलाई प्रदेशमा खटाएको भन्दै सरकारको आलोचना भइरहेको बेला सरकारले नयां निर्णय गरेको हो । सशस्त्र प्रहरीले बढुवा सिफारीस गरेका पांचै जना एआईजीलाई समेत फाजिलमा राख्ने तयारी गरेको गृह स्रोतले बताएको छ ।

माघ ८ गते, २०७४ - १४:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top