Khabar Dabali Logo
  October 30, Fri

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार को-को ?

काठमाडाै । नेकपा एमालेसंग ६०/४० काे हिसावकिताव गरिरहेकाे नेकपा माअाेवादी केन्द्रबाट मुख्यमन्त्रीमा दावी गर्ने दुइ वटा प्रदेश छन् । २ वटा प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले मुख्यमन्त्री चयनको प्रक्रिया टुंगो लगाएको छैन ।

सम्भवतः माथिबाटै मुख्यमन्त्रीको उम्मेदवार तोकिने र तल औपचारिकतामात्र पूरा हुने माओवादीका प्रभावशाली नेताले बताएका छन् ।माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री दाबी गरिरहेकाे स्राेतकाे दावी छ ।

प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीमा महेन्द्रवहादुर शाहीलगभग पक्का हुने एक नेताले बताए । माअाेवादी बाटै नरेश भण्डारीको पनि दावी छ । सिनियारिटीकाे अाधारमा हेर्दा महेन्द्र बहादुर शाहीकै पाेल्टामा मुख्यमन्त्रीकाे कुर्सी पर्ने देखिएकाे छ । एमालेका प्रदेश नेताहरले  मुख्यमन्त्रीको दाबी गरेपनि माअाेवादीकाे भागमा पर्ने भएकाले दावी नगर्न एमाले नेतृत्वले प्रदेश नेताहरूलाइ सुझाएका छन् ।

प्रदेश नम्बर ७ बाट मुख्यमन्त्रीका लागि माओवादीका वीरमान चौधरी र झपट बोहोराको नाम चर्चामा छ । थारु समुदायको भएका कारण चौधरीको सम्भावना बढी छ । त्यो भएको खण्डमा प्रदेश १ मा राई, २ मा मधेसी, ३ मा महिला नेवार, ४ मा गुरुङ, ५ र ६ मा खसआर्य र ७ मा थारु मुख्यमन्त्री हुने र समावेशिता देखिने तर्क राजनीतिमा गरिएको छ ।

प्रदेश २ मा 

उता मधेसवादी गठबन्धनको बहुमत रहेको प्रदेश २ मा मुख्यमन्त्रीका लागि संघीय समाजवादी फोरमबाट मात्रै तीनजना दाबेदार देखिएका छन् । लालबाबु राउत, शैलेन्द्र साह र बिजय शाहमध्ये एक मुख्यमन्त्री बन्ने बताइएको छ ।

यद्यपि सो प्रदेशमा राजपाको पनि दाबी छ । राजपाबाट जितेन्द्र सोनाल र मनिष सुमन मुख्यमन्त्रीका दाबेदार हुन् । तर, प्रदेशसभामा फोरम ठूलो पार्टी भएका कारण राजपाको दाबी कमजोर देखिएको छ । अन्य प्रदेशमा भने वाम गठमन्धनकै मुख्यमन्त्री हुनेछन् । तर काँग्रेस भने मुख्यमन्त्रीबाट वन्चित हुने देखिएकाे छ ।

माघ ८ गते, २०७४ - ०९:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top