Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

शीतलहरले जनजीवन कष्टकर, २७ दिनदेखिको आगो कै भरमा चल्दै दैनिकी

\"\"बारा । कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ । शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै थिए । पच्चीस दिनदेखि घामको मुख देख्न नपाएका उनीहरू यस वर्षको शीतलहर धेरै वर्षपछि लामो समयसम्म चलेको बताउँछन् । औधापुर–२ का सञ्जय शास्त्रीले भने, ‘विगत वर्षहरूमा दुई तीन दिन शीतलहर चलेपछि घाम लाग्थ्यो, यसपालि लगातार २५ दिन भइसक्यो, घाम लागेको छैन ।’ शीतलहरका कारण बस्तीमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । जाडो बढेसँगै विद्यालय करिब १० दिनका लागि बन्द गरिएकामा आजदेखि खुलेका छन् । स्थानीय प्रशासन र स्थानीय तहले शीतलहर पीडितलाई केही न्यानो कपडा तथा आगो ताप्न दाउराको प्रबन्ध मिलाए पनि पर्याप्त छैन । कलैया उपमहानगरपालिका–२ का वडाध्यक्ष राजेश मण्डलले वडाका अतिविपन्न परिवारलाई करिब १५० घरपरिवारलाई न्यानो कपडा र कम्बल वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताए। उनले जाडाबाट बच्न स्थानीय चोक चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरिएको जानकारी दिए । तीन सातादेखि एक्कासि चिसो बढ्नाका साथै शीतलहर र बाक्लो कुहिराले आकाश छोप्नेक्रम नरोकिएपछि औधापुरलगायत तराईका जिल्लामा घाम देख्न मुश्किल पर्छ । ‘पुस माघ महिनामा तराईमधेशमा शीतलहर हुन्छ भन्ने सरकारलाई थाहा छ र त्यहाँको जनजीवन कष्टकर हुन्छ भन्ने पनि सरकारलाई अवगत नै छ, तर सरकारले यसबारे बेलैमा सतर्कता नअपनाउँदा प्रत्येक वर्ष मानवीय क्षति हुने क्रम रोकिएको छैन’, शास्त्री भन्छन् । चिसोसँगै बहने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घर संरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, विषमज्वर, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । चिसो अत्यधिक बढेपछि स्थानीयवासी आफ्ना टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापी बसेको देख्न सकिन्छ । तराईमा चिसाका कारण ज्यान जाने नियमित प्रक्रिया जस्तै भएको छ । सरकारले चिसो र शीतलहर प्रभावितलाई जोगाउन बेलैमा सतर्कता नअपनाउँदा बर्सेनी शीतलहरबाट तराईका जिल्लामा धेरैको ज्यानसमेत जाने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies