Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेशसभाको पहिलो अधिवेशन माघ २१मा

\"\"जनकपुरधाम । प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए थियो भने चौधरीले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराए। प्रदेश प्रमुखबाट शपथ ग्रहण आआफ्नो मातृभाषा गर्ने तर लिखित रूपमा नेपाली भाषामा शपथ ग्रहणपत्र बुझाउने निर्देशन भएपछि प्रदेशसभा सदस्यले सोको विरोध गर्दै आआफ्नो मातृभाषामा लेखन र वाचन गर्न माग गरेका थिए । कार्यक्रममा विवाद बढ्दै गएपछि प्रदेश प्रमुखले सो निर्देशनलाई सच्याउँदै आआफ्नो मातृभाषामा लेखन र वाचन गर्न निर्देशन दिएपछि प्रदेशसभा सदस्यले आआफ्नो मातृभाषामा शपथ लिएका थिए । सो अवसरमा प्रदेश प्रमुख कायस्थले सहकार्य गरी सौहार्दपूर्ण वातावरणमा प्रदेशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै प्रदेशसभाको पहिलो अधिवेशनबाट प्रदेशसभालाई समृद्ध बनाउने अवधारणा तय गर्नु आवश्यक रहेको बताए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य, उच्च अदालतका न्यायाधीश, क्षेत्रीय सुरक्षा प्रमुख, जिल्ला समन्वय समितिका सभापति, जिल्ला न्यायाधीश, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि र कार्यालय प्रमुखको उपस्थिति थियो । प्रदेश नं २ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २१ हुने भएको छ । जनकपुरधामको शैक्षिक तालिम केन्द्रको सभागृहमा बिहान ११ बजे अधिवेशनको तिथि तोकिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies