Khabar Dabali Logo
  October 20, Tue

देउवाकाे हिसाबकिताबमा प्रकाश शरण

कागमाठाै । कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ ।

आजको नयाँ पत्रिका मा  खबर छ-प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ । ४० सिट समानुपातिकतर्फ पाउनेछ । ६३ सदस्यीय संसदीय दलको नेता निर्वाचित हुन कम्तीमा ३२ मत आवश्यक पर्छ । प्रत्यक्षतर्फ जितेका २३ मध्ये सभापति देउवा पक्षका नौ सांसद छन् ।

कांग्रेसले आयोगमा बुझाएको सूचीको प्राथमिकताअनुसार सांसद छानिए समानुपातिकतर्फबाट देउवा पक्षका २८ आउनेछन् । प्रत्यक्ष र समानुपातिक गरी देउवा पक्षका ३७ सांसद निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फबाट पौडेल पक्षका ११ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट पनि उनी पक्षका ११ सांसद आउने देखिन्छ ।

नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट उनको पक्षका छनोट हुने सम्भावना कम छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा नाम रहेका उद्योगपति विनोद चौधरी भने कुनै पनि गुटमा खुलेका छैनन् ।

देउवाको तयारी
सभापति देउवा यसपटक पनि संसदीय दलको नेता बन्ने मनस्थितिमा छन् । प्रारम्भिक आकलनअनुसार संसदीय दलमा उनको पक्षमा सजिलै बहुमत पुग्ने पनि देखिन्छ । स्रोतका अनुसार संस्थापन पक्षले समानुपातिकतर्फबाट छानिने सांसदको पनि हिसाब गरेर प्रस्ट बहुमत आफ्नो पक्षमा आउने निष्कर्ष निकालिसकेको छ ।

यद्यपि, देउवानिकट नेता डा. प्रकाशशरण महतले भने प्रतिनिधिसभाको पूर्ण नतिजा आएपछि मात्र को उम्मेदवार बन्ने भन्ने टुंगो लाग्ने बताए । ‘नतिजा नै आएको छैन । त्यसैले अहिले नै हामी संसदीय दलको हिसाबकिताबमा लागिसकेका छैनौँ,’ उनले भने, ‘परिणाम आएपछि बल्ल तयारी हुन्छ ।’

माघ ७ गते, २०७४ - १०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top