Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रहरी र आन्दोलनकारीबीच झडप, दिपायलमा सेना परिचालन

\"\"काठमाडाै । दिपायलमा फेरी झडप भएको छ । झडपका क्रममा दिपायलका घनश्याम दत्त पाठक, पुष्कर द्धारीया घाइते भएका छन् भने थप एक जना पनि घाइते भएको प्रहरीले जानकारी दिए । घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । घाइतेको राजपुरस्थित महाकाली मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोटी बन्दको २५औं दिन आज पनि जारी छ । क्षेत्रिय शिक्षा निर्देशनालयको भवनमा आन्दोलनकारीले तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीकाबीचमा झडप भएको हो । शुक्रबार सिलगढीमा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । क्षेत्रिय प्रशासनमा कालो झण्डा आन्दोलनकारीले ७ नम्बर प्रदेशको क्षेत्रिय प्रशासन कार्यालयमा कालो झण्डा गाडेका छन् । क्षेत्रिय प्रशासनसँगै क्षेत्रिय कार्यालयमा कालो झण्डा गाडेका छन् । दिपायल देखी सुरु भएको ¥याली क्षेत्रिय प्रशासन कार्यालयमा पुगेर कोणसभा गर्नुका साथै कालो झण्डा गाडेका थिए । आन्दोलनकारीले आज सिलगढी, दिपायल, राजपुर र बुडर बजारमा प्रर्दशन गरे । सरकारले मागको सुनुवाई नभएसम्म आन्दोलन जारी संर्घष समितिका संयोजक नरेन्द्र खड्काले बताए । पहाडी जिल्लाको यातायात ठप्प ७ नम्बर प्रदेशका पहाडी जिल्लाको यातायात पूर्णरुपमा ठप्प छ । प्रदेश राजधानी माग गर्दै आएका आन्दोलनकारीले पहाडी जिल्लाको प्रबेशद्धारको रुपमा रहेको डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजार बन्द गरेसँगै पहाडी जिल्लाको यातायात अबरुद्ध बनेको हो । शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले वेवास्ता गरेका कारण निर्णायक आन्दोलन स्वरुप बुडरमा बन्द गरेको संघर्ष समितिका संयोजक दुर्गादत्त ओझाले बताए । प्रेस र एम्बुलेन्स माथि निगरानी संर्घष समितिले प्रेस तथा एम्बुलेन्सलगायतका सवारी साधन चल्न रोक नलगाएको बताए पनि आन्दोलनकारीले प्रेस तथा एम्बुलेन्स माथि पनि निगरानी बढाएका छन् । आन्दोलनकारीले प्रेस लेखिएका गाडीमा पनि परिचय–पत्र चेक गर्ने, नविकरण मिति सकिए वा नसकिएको चेक गर्ने गरेका छन् । एम्बुलेन्समा विरामी भए वा नभएको, विरामी रिफर गरिएको वा नगरिएको वा विरामीको अवस्थाबारे कागजात हेरेर मात्रै आवतजावत गर्न दिएका छन् । सुरक्षा व्यवस्था कडा शुक्रबार सिलगढीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि स्थानीय प्रशासनले उच्च सर्तकता बढाएको छ । विभिन्न जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी डोटीको सुरक्षार्थ खटाइएको छ । दिपायल र सिलगढी सुरक्षार्थ करिव २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनकारीले प्रहरीमाथि पनि आक्रमण उत्रिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । अघोषित सेना परिचालन डोटीमा अघोषितरुपमा सेना परिचालन गरिएको छ । सेना परिचालनको विषय जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले अस्वीकार गरे । तर, सिलगढीमा झडप भएपछि आज साँझबाट सिलगढी तथा दिपायल बजारमा सेनाले गस्ती गरिरहेको छ । सेना परिचालन बारे प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौँ, उहाँहरुको नियमित कार्यक्रम हुन सक्छ ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies