Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नापी विभागको टोली वीरगञ्जमा, सीमा विवाद छानबिन गर्ने

\"\"पर्सा । वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली आज वीरगञ्ज आएको छ । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो । नापी विभागका निर्देशकद्वय दामोदर ढकाल र अनिल मरासिनीको नेतृत्वमा आएको टोलीले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर गाडिने स्थानको नाप नक्सा गर्ने कार्य शुरु गरिएका छन् । सीमास्तम्भको छानबिन गर्न घटनास्थल पुगेका निर्देशक ढकालसँग बुझ्दा उनले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को दश सहायक पिलरमध्ये चार पिलरमा विवाद देखिएकाले एलजिपिएस मेसिनबाट नापनक्सा गरेपछि मात्र गाड्न लागिएको स्तम्भ ठीक वा बेठीक स्थानमा भएकोबारे बताउन सकिने जानकारी दिए । उनले सन १८१६ मा ब्रिटिस सरकारसँग भएको सन्धिलाई आधार मानी नेपाल तथा भारत सरकारले तत्कालीन अवस्थामा रहेको नदी सिमाना मानी स्ट्रिप नक्सा तयार पारिएको र सोही नक्साका आधारमा सन् २०१४ देखि सीमाङ्कन कार्य थालनी गरिएको बताए । सन् १८१६ मा नदी बगेको धारलाई सीमा मानी दुई सेन्टिमिटरसमेत फरक नपर्ने गरी एलजिपिएस मेसिनबाट सीमा निर्धारण कार्य भइरहेको जानकारी निर्देशक ढकालले दिए । उनले वीरगञ्जको छपकैयामा देखिएको विवादबारे मेसिनबाट नापनक्सा गरेपछि सीमास्तम्भ गाड्न लागिएको स्थान ठीक वा बेठिक भन्न सकिने र यसमा तीनदिन समय लाग्ने बताए । स्ट्रिप म्यापका आधारमा सीमा निर्धारण गर्दा नेपाली नम्बरी जग्गासमेत भारततर्फ र भारतको जग्गा नेपालतर्फ आएको विभिन्न स्थानमा देखिएको जानकारी दिँदै निर्देशक ढकालले यताको उता र उताको यता आएको जग्गाको विवारणबारे लिखित प्रतिवेदन नेपाल सरकारलाई बुझाउने र नेपाली नम्बरी जग्गाधनीलाई नेपाल सरकारले कुनै न कुनै राहत अवश्य दिने निर्देशक ढकालले विश्वास व्यक्त गरे । तीन सय ९२ को ६, ७, ८ र ९ नंको सहायक पिलर नेपाली भूमि मिचेर लगाउन लागेको जसकारण लालपूर्जा भएका ५० बिगाहाभन्दा बढी नेपाली भू–भाग भारततर्फ जान लागेपछि सीमास्तम्भ निर्माण कार्य बन्द गर्न निवेदन दर्ता गराएको छपकैया निवासी रवीन्द्र महतोले जानकारी दिए । उनले २०२२ सालको नापीअनुसार आफूहरु नेपाल सरकारलाई कर तिर्दै आएको नम्मरी जग्गा कसैले भन्दैमा भारतीय कसरी हुने प्रतिप्रश्न गर्दै महतोले स्ट्रिप म्यापको बहानामा नेपाली जग्गालाई भारतीय बनाउने कार्य आफूहरुलाई मञ्जुर नभएको प्रष्ट पारे । भइरहेका गलत सीमाङ्कन कार्यलाई नसच्याए सोविरुद्ध प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाउँदै आन्दोलनमा उत्रिने महतोको भनाइ छ । भारतसँग सीमा जोडिएको पर्साको ११६ किमी क्षेत्रफलमा ४९ वटा जंगे पिलर, ४९ वटा सहायक पिलर ९६१ वटा साना सहायक पिलर गरी कूल एक हजार ५९ सीमास्तम्भ रहेको नापी विभागले जनाएको छ । सन् २०१४ देखि चितवनको बाल्मीकि नगरबाट सीमाङ्कन कार्य शुरु भएपछि हालसम्म नेपाल पक्षको भागमा परेका पर्साका सबै सीमास्तम्भ नेपाली पक्षले मर्मत वा पुनःनिर्माण गरे पनि भारतीय पक्षले उक्त कार्य हालसम्म पूरा नगरेको नापी विभागका अधिकारीले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies