Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

एमाले-माअोवादी सम्बन्धबारे प्रचण्डको यस्तो धारणा

\"\"काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताएका छन् । माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘वि.सं. २०१९ सालपछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आयो, त्यसपछि अलग–अलग समूहका रुपमा कम्युनिष्ट पार्टीहरु अस्तित्वमा रहे । २०२५ सालमा मोहनबिक्रम सिंहले केन्द्रीय न्यूक्लियस गठन गर्नुभयो भने २०२८ सालमा पुष्पलालले कोओर्डिनेशन केन्द्र स्थापना गर्नुभयो । अहिलेको एमाले कोओर्डिनेशन केन्द्र र माओवादी केन्द्र केन्द्रीय न्यूक्लियसको धारा हो । इतिहासमा यी दुई धाराले एक–अर्काको अस्तित्व रक्षाका लागि पुरकको भूमिका खेल्दै आएका छन् ।’ ‘२०२८ सालदेखि २०३८ सालसम्म तात्कालीन मालेले चौमलाई दक्षिणपन्थी, मिहिन पाराको संशोधनवादी भन्थ्यो, हामी चौम मालेलाई उग्रबामपन्थी भन्थ्यौं । मोहन बिक्रमजीले त उग्रबामपन्थी विचारधाराको खण्डन भन्ने मोटो पुस्तक नै लेख्नुभयो’, अध्यक्ष प्रचण्डले भने, ‘२०३८ सालको वरिपरी आइपुग्दा चीनमा माओको निधन भयो । त्यसपछि नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ बहस सुरु भयो । चीनको बाटो ठीक कि बेठीक भन्ने बहस चल्यो । २०३८ सालपछि उग्रवादी भनिएको माले क्रमशः सुधारवादी, व्यवहारवादी धारातिर गयो । हामी चौम चाहिँ मोटो मशाल हुँदै क्रान्तिकारी धारातिर गयौं । परिस्थिति ठीक विपरित ठाउँमा आयो ।’ ‘दश वर्ष सन्तुलनको वर्ष देखियो, त्यसपछि हामी जनयुद्धमा गयौं, उहाँहरु संसदीय संघर्षतिर लाग्नुभयो, २०२८–२०३८ सम्म क्रान्तिकारी मानिएको माले सुधारवादी, व्यवहारवादी धारा र सुधारवादी भनिएका हामी मशाल क्रान्तिकारी धारातिर गयौं, प्रचण्डले भने, ‘हामीले जनयुद्ध सुरु गरे पनि सुरुका पाँच वर्षमा प्रतिक्रियावादीहरुको ध्यान हामीतिर थिएन, एमालेतिरै थियो । प्रतिक्रियावादीहरुको भाग खोस्ने ठाउँमा एमाले आइपुग्यो । प्रतिक्रियावादीहरुको निशानामा एमाले प¥यो, मदन भण्डारीको हत्या त्यसै भएको होइन, संसदीय संघर्षमा आफ्नो भाग खोसिने डरले प्रतिक्रियावादी शक्तिले उनको हत्या गरे । यसरी जनयुद्धका सुरुका पाँच वर्षमा प्रतिक्रियावादीहरुको डर एमालेसँग नै भएकाले आक्रमणको निशानामा माओवादी त्यति परेन । नियतमा नभए पनि त्यति बेलाको एमालेको शक्तिले माओवादीको रक्षा गर्न भूमिका खेल्यो ।’ ‘जनयुद्ध एकपछि अर्को विजयतिर गयो, त्यसपछि प्रतिक्रियावादीहरुको निशानामा माओवादी प¥यो । पहिले निशानामा एमाले थियो । तर, अब माओवादी नै निशाना बन्यो’, प्रचण्डले थपे, ‘२०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीले हामीलाई नै निशाना बनाए, उनीहरुले एमालेलाई मित्र र हामीलाई दुश्मन देख्न थाले, त्यसले एमालेको रक्षा ग¥यो । यसरी इतिहासमा नियतमा नभए पनि वस्तुगत रुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेल्यो । हामी यसलाई नयाँ संश्लेषणका रुपमा अघि सार्दैछौं ।’ ‘२०४९ सालमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रस्ताव अघि सार्नुभयो, यो कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने नियत थिएन’, प्रचण्डले भने, ‘विश्वभरी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा थियो, त्यस्तो परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई बचाउन उहाँले बहुदलीय जनवादको प्रस्ताव अघि सार्नुभयो । अहिले एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै म देख्दिनँ । हामीले पनि ८, १० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौं, उहाँहरु पनि त्यही भन्नुभएको छ, समान राजनीतिक कार्यदिशा भएपछि अलग–अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’ ‘हामीले माओवाद छोडेका छैनौं, उहाँहरुले पनि जनताको बहुदलीय जनवाद छोड्नुभएको छैन, नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं’, प्रचण्डले भने, ‘अबको वैचारिक संश्लेषण कसरी गर्ने ? भन्ने हामी छलफलमा छौं । हिजोबाट वैचारिक विषयमा छलफल सुरु भएको छ । जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र हामीबीच कुनै विवाद छैन । एकले अर्काको पूर्ण सम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर हामी अघि बढ्छौं । यसमा कसैले शंका गर्नु पर्दैन ।’ ‘‘केही साथीहरु एकताको विरोध गर्दै हुनुहुन्छ, त्यसको कुनै औचित्य छैन । जनताले एकता चाहेका छन्, एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्’, प्रचण्डले भने, ‘जनता खुसी हुँदा उहाँहरु किन निरास हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? मैले बुझ्न सकेको छैन । आफू लागेका विषय खुल्ला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्ने चाहिँ क्रान्तिकारी हुन सक्दैन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies