Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

खर्च अभावमा अमेरिकी सरकारी कामकाज ठप्प

\"\"काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गम्भीर नैतिक संकटमा परेको छन् । अमेरिकी माथिल्लो सदन सिनेटले सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि यस्तो अवस्था सृजना भएको हो । सदनमा पक्षमा आवश्यक ६० मत नआउँदा सिनेटबाट बजेट पारित हुन सकेन । यो विधेयक अनुमोदन भएको भए संघीय निकायहरुलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न सकिने थियो । विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवा बन्द हुनेछन् । यद्यपि संघीय निकायका कर्मचारीहरु काममा फर्कने दिन सोमवारसम्म त्यसको व्यवहारिक प्रभाव देखिने छैन। ह्वाइट हाउस र संसदको दुवै सदनमा रिपब्लिकनहरुको नियन्त्रण रहँदा समेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो । पछिल्लोपटक सन् २०१३ मा पनि सरकारी निकाय खर्चविहीन भएर १६ दिनसम्म कामकाज ठप्प भएको थियो । धेरै कर्मचारीले बाध्यात्मक छुट्टी लिएका थिए तर राष्ट्रिय सुरक्षा र हवाई क्षेत्रको सेवा भने अवरुद्ध भएको थिएन । राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरुले राजनीतिक स्वार्थ हेरेको आरोप लगाएको छ। फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो। तर आप्रवासन र सीमा सुरक्षा जस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेन। केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरुलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्रयाटहरुको माग विवादको मुख्य विषय रहँदै आएको छ। त्यस्ता आप्रवासीको संख्या ७ लाख छ। पूर्व राष्ट्रपति बराक ओबामाको पालोमा ल्याइएको कार्यक्रम अन्तर्गत उनीहरुलाई अस्थायी कानूनी मान्यता दिइएको थियो। गत सेप्टेम्बरमा ट्रम्पले उक्त कार्यक्रम अन्त्य गर्ने घोषणा गरे। अब संसदले मार्च महिनासम्ममा त्यसको स्थानमा विकल्प खोज्नुपर्नेछ। सिनेटको नतिजापछि ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा र जोखिममा रहेका केटाकेटीको हीतभन्दा राजनीतिलाई प्राथमिकता दिएको आरोप डेमोक्र्याटहरुमाथि लगाएको छ। सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले विधेयकमा रहेका धेरै विषयमा सहमति भएपनि डेमोक्रयाटहरुले अवैधानिक आप्रवासनसम्बन्धी असम्बन्धित मुद्दा थप्दा विधेयक पारित हुन नसकेको टिप्पणी गरे ।तर सिनेटका डेमोक्र्याटिक नेता चक सुमरले भने धेरै रिपब्लिकनले समेत विधेयकको विरोध गरेको बताए । दुई दलबीच भएको सहमति राष्ट्रपतिले अस्वीकार गरेकाले पछिल्लो अवस्था सिर्जना भएको आरोप लगाए। सरकारी निकाय खर्चविहीन हुनुको अर्थ के हो ? राष्ट्रिय पार्क तथा सम्पदास्थल समेत बन्द हुन सक्नेछन्। अमेरिकी समय अनुसार शनिवार ००:०१ बजेदेखि संघीय निकायहरु कामका लागि खुल्नेछैनन्। तर, अत्यावश्कीय सेवाहरु भने चालू रहनेछन्। आवास, वातावरण, शिक्षा र वाणिज्यसम्बन्धी मन्त्रालयका धेरै कर्मचारी घरमै बस्नेछन्। अर्थ, स्वास्थ्य, प्रतिरक्षा र यातायात मन्त्रालयका आधाजसो कर्मचारी पनि सोमवार काममा जानेछैनन्। राष्ट्रिय पार्क र सम्पदास्थल पनि बन्द हुनसक्नेछन्। त्यसले सर्वसाधारणको आक्रोश निम्त्याउन सक्नेछ। सन् २०१३ मा पनि त्यस्तै भएको थियो। प्रवेशाज्ञा र राहदानीसम्बन्धी काममा पनि ढिलाइ हुन सक्छ । तर जीवन वा मानिसको सम्पत्ति संरक्षण गर्ने अत्यावश्कीय सेवाहरु जारी रहनेछ । राष्ट्रिय सुरक्षा, हुलाक सेवा, हवाई ट्राफिक नियन्त्रण, स्वास्थ्य सेवा, आपतकालीन सेवा, विपद्‌मा सहायता, कारगार, कर र विद्युत उत्पादन जस्ता क्षेत्र भने प्रभावित हुने छैनन्। बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies