धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष समितिले गरेको आमहडताल आज पनि जारी रहेको छ ।
आज बिहान ११ बजे संघर्ष समितिले सदरमुकाममा जुलुस प्रर्दशन तयारी गरे पनि स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम राखेको जनाएपछि आन्दोलनकारी पछि सरेका छन् । प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहडताललाई निरन्तरता दिएको छ । स्थानीय प्रशासनले आज बिहान बजार क्षेत्रमा निषेधाज्ञा जारी रहेको माइकिङ गरेको थियो । आन्दोलन संघर्ष समितिले शुक्रबार बेलुका बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि जिल्ला सुरक्षा समिति धनकुटाले सुरक्षाका स्थिति थप कडाइ गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । शुक्रबार साँझ ५ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो भएको जानकारी गराएपछि यता संघर्ष समितिको साँझ बैठकले आमहडताललाई ७ गतेसम्म निरन्तरता दिँदै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले सुरक्षा कडा बनाएको जनाएको छ । आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, वित्तीय संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्दको घोषणा गरिएको छ । स्थानीय प्रशासनले शुक्रबार बेलुका करिब ३०० सवारीसाधन स्कटिङ गरेर कोशी राजमार्गबाट गन्तव्यतर्फ पठाएको जनाएको छ । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: