Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अमेरिका चरम आर्थिक संकटमा, आठ लाख कर्मचारी बेतलबी विदामा

\"\"अमेरिकाले पछिल्लो दिन पाकिस्तानसहित कयौँ देशलाई आर्थिक सहायता दिन बन्द गरिदिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सहायता बन्द गर्नुको कारण पाकिस्तानमाथि आतंकवादको संरक्षण गरेको बताइएको थियो । तर अब त्यसको भित्री कारण खुल्न थालेको छ । समाचार अनुसार विश्व महाशक्ति अमेरिका आफैँ आर्थिक सं‌कटको गहिरो खाडलतर्फ पर्न थालेको छ । तोकिएको समय अर्थात शुक्रबार मध्यरातिसम्म अमेरिकाका दुवै सदनबाट आर्थिक विधेयक पारित नभएपछि त्यहाँ सटडाउनको सं‌कट निम्तिएको छ। सिनेटका डेमोक्रेट सांसदले आप्रवसन र खर्चमाथिको विधेयकलाई रोक्ने पक्षमा मतदान गरेपछि अमेरिकी संघीय सरकारले आधा रातदेखि सरकारी कार्यालय बन्द गर्न थालेको हो । यसको अर्थ अब अमेरिकाले कयौँ सरकारी विभागलाई बन्द गर्न सुरु गरेको छ । यो कदमको सीधा असर लाखौँ कर्मचारी बेरोजगार हुने अवस्था आएको छ। जसका कारण कम्तिमा पनि ८ लाख कर्मचारीहरु तलब पनि खान नपाई घरैमा थन्किनुपर्ने भएको छ । अमेरिकी सञ्चारमाध्यमले नै त्‍यहाँको अर्थव्यवस्था धेरै ठुलो जोखिमबाट गुज्रिरहेको उल्लेख गरेका छन् । पाँच वर्षमा दोस्रो पटक यस्तो अवस्थाबाट अमेरिका गुज्रनुपर्ने भएको छ । संसदबाट खर्च विधेयक पारित नभएपछि सरकारले कर्मचारीलाई दिने तलबदेखि अन्य साधरण खर्चको विकल्प खोज्न नसक्दा अमेरिका \'टाट पल्टिने दिशा\' तर्फ अघि बढेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सटडाउनको स्थितिबाट पार पाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रवार मध्यरातिसम्मको समय थियो । तर संसदबाट यो बजेट असफल भएपछि अमेरिकामा सं‌कट चुलिएको हो । यो विधेयक सिनेटबाट पास नभएसँगै सटडाउन सुरु भएको छ । त्यहाँका केही राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र पनि बन्द हुन थालेका छन् । यो विधेयक फेल भएसँगै अमेरिका आर्थिक संकटबाट घेरिन पुगेको छ । राष्ट्रिय निकुञ्ज, संग्रहालय र स्मारकहरुमा यो सटडाउनको असर देखिन थालिसकेको छ। यसको कारण भनेको सटडाउनका कारण अबका केही दिनसम्म राहदानी र भिसा प्रक्रियामा पनि असर पर्ने भएकाले पर्यटकले पनि यी स्थानमा घुम्न पाउने छैनन् । यसले पर्यटनलाई सीधा असर गर्नेछ। पश्चिममा राष्ट्रिय पार्क र पूर्वमा स्मिथसोनियन इन्जिनियरिज संग्रहालयहरू सर्वसाधरणका लागि खुल्ने छैनन् । अहिले अमेरिकामा एन्टीडेफिसिएन्सी कानुन लागू गरिएको छ । यस कानुनका कारण संघीय एजेन्सीहरुले पैसाको कमीका कारण आफ्नो कामकाज रोक्नुपर्ने हुन्छ । बजेट अभाव भएपछि कर्मचारीलाई छुट्टीमा पठाइने गरिन्छ । यस छुट्टीका कारण तलब पनि सरकारले दिने छैन । यो स्थितिमा सरकारले संघीय बजेट ल्याउनुपर्ने हुन्छ । जसलाई प्रतिनिधि सभा र सिनेट दुवै सदनले पारित गर्नु जरुरी हुन्छ । अहिले अमेरिकी प्रशासनमा ३५ लाख कर्मचारी कार्यरत छन् । सटडाउनको अवस्था आएसँगै करिब साढे आठ लाख कर्मचारीले पहिलो दिन अर्थात शनिबार नै घरमा बस्नुपर्ने अवस्था आएको छ । तर यो संकटकाबीचमा सैन्यकर्मीको ड्यूटी भने जारी रहनेछ । उनीहरुलाई यो संकटकाबीच पनि हटाइने छैन । अमेरिकामा सटडाउनको स्थिति आएको यो पहिलो पटक भने होइन । यसभन्दा अघि सन् १९८१, १९८४, १९९०, १९९५-९६ र २०१३ माप नि सटडाउन भइसकेको छ। त्यो बेला अमेरिकाको स्थिति यति धेरै खराब थियो कि उसँग पास खर्च गर्नका लागि पैसा पनि थिएन । पाँच वर्षअघि पनि अक्टोबार २०१३ मा सटडाउन भएको थियो । जुन दुई सातासम्म चलेको थियो । त्यो बेला पनि ८ लाख कर्मचारीले घरमा थन्किनुपरेको थियो । त्यो बेला बाराक ओबामा राष्ट्रपतिको भूमिकामा थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies