Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एकतामा ढिलार्इको चुरो कुरोः अोलीलार्इ एमालेभित्रका 'माअोवादी'को डर

\"\"काठमाडाैं । नेकपा एमाले र माओवादीको नेतृत्वबीच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्विकार गरेको माओवादीले एमालेले पनि अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउँछ भन्ने अपेक्षा थियो । तर माओवादीको अधिकांश नेताहरुले अबको प्रधानमन्त्री केपी ओली हो भनेर भनिरहँदा एमालेका कुनै पनि नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकेका छैनन् । एमालेका नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले लिनुपर्ने मनस्थितीमा छन् । जसका कारण अहिलेसम्म पार्टी एकताले गति लिन सकेको छैन । तर पार्टी एकता जति ढिलो हुँदै गएको छ, त्यति नै प्रचण्डको पक्षमा नेताहरु थपिदै गएका छन् । माओवादीका नेताहरु प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनु त स्वभाविक नै हो, तर पछिल्ला दिनमा एमालेका नेताहरुसमेत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले लिन नहुने पक्षमा छन् । यसअघिदेखि नै प्रचण्डसँग निकट मानिने एमाले उपाध्यक्ष बामदेव गौतम प्रचण्डलाई अध्यक्ष बनाउनुपने पक्षमा छन् । अर्कोतिर केपी ओलीलाई पार्टीभित्रै चुनौति दिदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल र उनका पक्षधर नेताहरु पनि अध्यक्ष पद प्रचण्डलाई दिएर सहज रुपमा पार्टी एकता गर्नुपर्ने पक्षमा छन् । पछिल्लो समय पार्टी एकता पर धकेलिदै गएपछि कतिपय ओली पक्षका नेताहरुसमेत एकता सफल बनाउनका लागि लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने निष्कर्षमा पुगेका छन् । पार्टीकै अर्का प्रभावशाली नेता तथा पूर्व अध्यक्ष झलनाथ खनाल पनि पार्टी एकता सफल बनाउनका लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा देखिएका छन् । पार्टी एकताको पक्षमा दुवै दलका नेताहरु एकमत भए पनि पदीय बाँडफाँट नै मूख्य समस्या देखिएका बेला प्रचण्डको पक्षमा नेताहरु थपिदै गएको देखिन्छ । अोलीलार्इ एमालेभित्रका \'माअोवादी\'को डर शिर्षक देख्दा तपाइँ अलमल्लिन सक्नु हुन्छ । तपाइँलाइ लाग्ला एमालेभित्र पनि माअोवादी छन् र ? कुरा के हो भने एमाले माधबकुमार नेपाल, वामदेव गाैतमहरू माअोवादीका अध्यक्ष प्रचण्डलाइ पार्टी एकतापछि पनि अध्यक्ष बनाउनुपर्छ भन्ने लाइनमा छन् । भन्नुको अर्थ अोलीलाइ नै प्रधानमन्त्री र अध्यक्ष बनाउन हुँदैन भन्ने हो । नेपाल र गाैतमको अोलीसँग भन्दा प्रचण्डसँग पहिल्यैदेखि सम्बन्ध राम्रो रहेको छ । पार्टी एकतापछि गाैतम र नेपालको समूह प्रचण्डसँगै हुने कुरा अोलीले छर्लङ्गै बुझेका छन् । यो हिसावले अल्पमतमा पर्छुकि भन्ने अोलीमा डर छ । त्यसैले ४ महिनाअघिदेखिको एकता प्रकियाले खासै गति लिएको छैन् । माअोवादी नेताहरू चाँडै एकता गर्नुपर्छ भन्दै अोलीलाइ घचघच्याएपनि अोली त्यति तातेका छैनन् बरू नेपाल र गाैतमहरू बढी तातेका छन् । र, अहिले एकता
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies