Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सर्वोच्च अदालतको प्रश्नः बलात्कारपछि पीडकलाई ‘आई लभ यू’ भनिन्छ र ?

\"\"बलात्कारसँग जोडिएका घटनामा फैसला गर्नु अदालतका लागि चुनौतीपूर्ण हुन्छ । खासगरी ‘साथी सम्बन्ध’ मा बलात्कार भएका या यौन हिंसाको रिटमा अदालतका लागि के सम्म स्वेच्छिक हो र के जबर्जस्ती हो भन्ने कुरा छुट्टयाउन गा¥हो हुन्छ । भारतमा यस्तै एउटा चर्चित घटनामा अदालतको फैसला अहिले चर्चामा छ । घटना चर्चामा आउनुका पछाडि यसको प्रकृति र यसमा जोडिएका चर्चित पात्र हुन । सर्वोच्च अदालतले चर्चित चलचित्र ‘पिपली लाइभ’का सह निर्देशक महमूद फारुकीविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतको फैसलालाई सदर गरेपछि यसले ठूलो बहस सिर्जना गरेको छ । उच्च अदालतले फारुकीलाई निर्दोष बताउँदै रिहा गर्ने फैसला गरेको थियो ।   उच्च अदालतको फैसलाविरुद्ध महिलाका तर्फबाट सर्वोच्च अदालतमा परेका रिट निवेदनको बहसका क्रममा न्यायाधिशहरुले साथी साथीबीच हुने यौनसम्बन्धमा के कति कुरालाई स्वीकृति मान्ने र के कतिलाई जबर्जस्ती मान्ने विषयमा समेत आफ्नो धारणा राखेको छ । पीडित पक्षका वकिलसँग अदालतले सोध्यो– घटनापछि पीडितले आरोपीलाई ‘आई लभ यू’ भनेका बलात्कारका कति मुद्दा देख्नु भएको छ ? भारतीय सर्वोच्च अदालतमा शुक्रबारका दिन न्यायाधिश एस.ए. बोबडे र न्यायाधिश नागेश्वर रावको बेन्चले पहिलो सुनवाईमा नै उच्च अदालतलाई चुनौती दिने रीट खारेज गरेका थिए । बेन्चले उच्च अदालतले सबै पक्ष विचार गरेर फैसला गरेकोले यसमा हस्तक्षेपको आवश्यकता नभएको फैसला गरेको छ । पिपली लाईभका सह निर्देशक फारुकीको घटना निकै चर्चित बनेको थियो । यो घटनासँगै ‘यौनसम्बन्धमा सहमति’का बारेमा निकै चर्चा शुरु भएको थियो । साथी साथीबीच एक सीमासम्म सम्बन्ध हुने तर त्यहीबीचमा महिलाले ‘हुन्न’ भन्दा त्यसको के अर्थ लगाउने ? भन्ने विषयमा फारुकीको मुद्दाले केही नयाँ नजिर समेत अगाडि सारेको छ । \"\" सर्वोच्च अदालतका अनुसार, फारुकी घटनामा बलात्कारको आरोप लगाउने महिला र फारुकीका बीचको सम्बन्ध साथी भन्दा अलि बढी नै थियो । प्रमाणहरुका आधारमा दुबै एउटा अन्तरङ्ग सम्बन्धमा रहेको देखिन्छ । महिलाले घटनाअघि फारुकीलाई चुम्बन गरेको र सँगै बसेर रक्सी समेत सेवन गरेको स्वीकार गरेकी छिन् । तर सँगै बसेर रक्सी पिउनुको अर्थ महिलाले यौनसम्बन्धका लागि स्वीकृति नै दिएको अर्थ बेन्चले लगाउँदैन । तर घटनाको प्रकृतिले दुबैबीचको सम्बन्ध प्राकृतिक भएको अवश्य पनि देखाउँछ । कोर्टले महिलाका तर्फबाट फारुकीलाई पठाएको इमेलको उल्लेख गर्दै घटनापछि समेत महिलाले फारुकीलाई प्रेम प्रकट गरेको उल्लेख गरेको छ । ‘हुन्न’ भनेपछि ‘हुन्न’ को बहस साथीसँग कुन सीमासम्मको सम्बन्ध प्राकृतिक हो भन्ने विषयमा फारुकी घटनाले ठूलो बहस सिर्जना गरेको थियो । त्यसमा पनि फैसला आउने बेला संसारभरि नै ‘मी टू’ क्याम्पेन नै चलेको छ । तर सर्वोच्च अदालतको फैसलाले सम्बन्धहरुमा ‘हुन्न’ भन्ने कुरामा नयाँ आधार दिएको छ । सर्वोच्चको भनाईमा “कमजोर हुन्न’को अर्थ ‘हुन्न’ भन्ने अर्थमा नहुन पनि सक्छ । अदालतको यो फैसलाको असर सम्बन्धहरुमा सहमति या गैर मौखिक प्रतिरोधलाई अदालतले कसरी लिने भन्ने कुरामा पनि पर्ने छ । सर्वोच्च अदालतमा महिलाका पक्षबाट अधिवक्ता बृन्दा ग्रोवर र अनिन्दिता पुजारीले आफ्नो पक्ष राखेका थिए । उनीहरुले घटनाअघि दुईपटक सहमतिमा भएका सम्बन्धका आधारमा उक्त घटनालाई हेर्न नसकिने तर्क दिएका थिए । तर बेन्चले भने यो तर्कलाई स्वीकार गरेन । बेन्चका अनुसार, साथीको मात्रै सम्बन्ध भएको बेला ‘चुम्बन’ हुँदैन । चुम्बनको अवस्था भनेको उनीहरु आपसी सम्बन्धमा हुने कुराको संकेत हो । यहाँ अपरिचितहरु आपसमा भेटका थिएनन् बरु परिचितहरु सम्बन्धमा थिए । बेन्चका अनुसार महिला निकै डराएको कारण फारुकीको प्रतिरोध गरेको कुरा समेत स्थापित नहुने बतायो । उच्च अदालतले समेत फारुकी घटनामा सबै अवस्थामा ‘हुन्न’ को अर्थ ‘हुन्न’ नै हुन्छ भन्न नसकिने फैसला सुनाएको थियो । कतिपय घटनाहरु हेर्दा महिलाद्वारा ‘कमजोर हुन्न”को अर्थ “हुन्छ” पनि हुनसक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies