Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘किशोरावस्था अब २४ वर्षसम्म’

\"\"वैज्ञानिकहरूले किशोरावस्थाको अवधि बढ्दै गएको र अब त्यो १० देखि २४ वर्षसम्म रहन थालेको बताएका छन् ।

उनीहरूले सरकारका नीति र कानूनलाई समयानुकूल बनाउन किशोरावस्थाको परिभाषामा परिमार्जन आवश्यक रहेको उल्लेख गरेका छन् । अनुसन्धानकर्ताहरूले पोषणमा आएको सुधारका कारण किशोरावस्था शुरू हुने उमेर अझ कम भएको निष्कर्ष निकालेका छन् । २० वर्षको उमेरपछि पनि मस्तिष्कको विकासक्रम जारी रहेकाले किशोरावस्थाको अधिकतम उमेर सीमा पनि बदलिनुपर्ने उनीहरूको भनाइ छ । किशोरावस्था कहिले शुरू हुन्छ ? हाइपोथालामस भनिने मस्तिष्कको एउटा हिस्साले मानिसको पियुस र यौन ग्रन्थीहरूलाई क्रियाशील बनाउन हर्मोनहरू उत्पादन गर्न थालेपछि किशोरावस्था शुरु हुने विश्वास गरिन्छ । यो पहिला १४ वर्षको उमेर आसपास शुरु हुने गर्थ्यो । तर स्वास्थ्य र अधिकांश विकसित देशमा पोषणमा आएका सुधारका कारण अब त्यो विकासक्रम १० वर्षको उमेरमा नै शुरु हुन थालेको वैज्ञानिकहरू बताउँछन् । परिणाम स्वरुप ब्रिटेन जस्ता औद्योगिक राष्ट्रहरूमा किशोरीहरूको पहिलो महिनावारी हुने औसत उमेर विगत डेढ सय वर्षमा चार वर्षले घटेको छ । अहिले कूल बालिकाको आधा संख्याको पहिलो महिनावारी १२ वा १३ वर्षको उमेरमा शुरु भइसक्छ । शरीरको विकासक्रम कुन उमेरबाट रोकिन्छ ? किशोरावस्थाको उमेरको सीमा किन बढाइनुपर्छ भन्नेमा पनि वैज्ञानिकहरूले तर्क दिएका छन् । उनीहरूले शरीरको विकासक्रमलाई ध्यान दिएर त्यसो गर्नु आवश्यक रहेको बताएका छन् । उदाहरणका लागि मस्तिष्क २० वर्षको उमेरभन्दा बढी समयपछि पनि विकास भइरहन्छ र त्यसबेला पनि द्रुत र अझ प्रभावकारी रुपमा काम गरिरहन्छ । कतिपय व्यक्तिका बुद्धिबङ्गारो २५ वर्षसम्म पनि नआउने वैज्ञानिकहरू बताउँछन् । युवा उमेरका मानिसहरूले लामो समयसम्म शिक्षालाई निरन्तरता दिएको, बिहे ढिला गर्न र सन्तान अलिपछि जन्माउन थालेको लगायतले विगतमा किशोरावस्था भनेर भनिने गरिएको उमेरमा परिमार्जन ल्याएको बताइन्छ । \'ल्यान्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ\' जर्नलमा प्रकाशित लेखले पछिल्लो खुलासा गरेको हो । तर कतिपय विज्ञहरूले चाहिँ किशोरावस्थाको परिभाषा परिमार्जन गर्दा त्यसले कम उमेरका मानिसहरूलाई लामो समय बाल्य अवस्थामै राख्न सक्ने चेतावनी दिएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies