Khabar Dabali Logo
  October 21, Wed

संघीय स्वरुपको वन नीति ल्याइँदै

काठमाडौं । सरकारले नेपालको संविधानले व्यवस्था गरेअनुसार संघ, प्रदेश र स्थानीय तहमा वन तथा वन्यजन्तुको व्यवस्थापन गर्ने गरी ‘राष्ट्रिय वन नीति, २०७४’ ल्याउने तयारी गरेको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयले वन, जैविक विविधता र जलाधार क्षेत्रको दिगो व्यवस्थापनद्वारा जनता र राष्ट्रको समृद्धिमा योगदान पु¥याउने दूरदृष्टिका साथ नयाँ वन नीतिको मस्यौदा तयार हो ।

वन क्षेत्रलाई बहुसंख्यक जनताको प्रमुख स्रोतको बुद्धिमतापूर्ण उपयोग गर्दै जीविकोपार्जनमा सुधार र वातावरणीय सेवाको सुनिश्चितताका लागि संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने गरी वन नीति तर्जुमा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले वन नीति, २०७१ लाई समसामयिक समीक्षा गरी संविधानअनुसारको नयाँ नीति तयार गर्न सहसचिव पेमनारायण कँडेलको संयोजकत्वमा सम्बन्धित सबै महाशाखाका प्रमुख सम्मिलित मस्यौदा तयारी समिति गठन गरेको थियो ।

समितिले सरोकारवाला निकाय र संस्थासँग विभिन्न चरणमा छलफल गरी प्रारम्भिक मस्यौदा तयार गरेको सहसचिव एवं समिति संयोजक कँडेलले जानकारी दिए। समितिले थप छलफल गरी प्राप्त सुझावलाई समेटेर अन्तिम रुप दिनेछ । मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै लागू हुनेछ ।
नीतिले कूल भूभागको कम्तीमा ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने कार्यनीति लिने उल्लेख छ । प्रदेशमा हाल कायम रहेको वन क्षेत्र नघट्ने गरी वनको संरक्षण तथा व्यवस्थापन गर्ने तथा प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्र १० प्रतिशत वन कायम गर्ने मस्यौदामा उल्लेख छ ।

नीतिको लक्ष्य तथा उद्देश्य हासिल गर्न जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षणबाट पारिस्थतिकीय सन्तुलन कायम गरी वातावरणीय सेवा प्रवाहको सुनिश्चितता गर्ने, वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गर्ने, जलाधार क्षेत्रको एकीकृत संरक्षण र व्यवस्थापनबाट स्वस्थ जलाधार कायम गरी जल तथा भूमिकोे उत्पादकत्व वृद्धि गर्नेलगायत निर्देशक नीतिहरु उल्लेख गरिएका छन् । रासस

माघ ५ गते, २०७४ - १६:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top