Khabar Dabali Logo
  October 23, Fri

एमाले-माअोवादी पार्टी एकता लम्बियोः ओली र प्रचण्डको यस्तो छ तयारी

काठमाडौं । नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको एकता प्रक्रिया लम्बिने भएको छ । सरकार गठनअघि हुने भनिएको एकता अब सरकार गठनपछि मात्र हुने निश्चित जस्तै छ ।

मध्ये दसैंमा ‘सप्राइज’ स्वरूप दिएका एमाले माअोवादीले ४ महिना वितिसक्दा पनि बैठक र छलफलमै दिन विताएका छन् । माअोवादीका एक नेताले खबरडबलीलार्इ दिएको जानकारीअनुसार पहिला मिलिजुली सरकार गठन गर्ने र त्यसपछि पार्टी एकता गर्ने छलफल भइरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको विहीबार नेपाल आगमनसँगै एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक शुक्रबार (आज) बस्दैछ ।

शुक्रबार साँझसम्म एकता संयोजन समितिको बैठक बस्ने भएसँगै उपत्यका बाहिर रहेका समितिका अन्य सदस्यहरुलाई समेत काठमाडौं बोलाइएको छ । बैठकको समय तय गर्ने विषयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कुराकानी भइरहेको ओलीका स्वकीय सचिव अनिश दाहालले बताए । उनका अनुसार संयोजन समितिको बैठकले पार्टी एकताका सम्बन्धमा दुईवटा कार्यदल बनाउने ओली र प्रचण्डबीच सल्लाह भएको छ । पहिलो कार्यदल सांगठनिक एकता र व्यवस्थापन सम्बन्धी हुनेछ भने दोस्रो सैद्धान्तिक–बैचारिक एकता सम्बन्धी कार्यदल हुनेछ।

चुनाव लगत्तै एकता गर्ने भनेका एमाले र माओवादी केन्द्रले पार्टी एकता अझै अन्योलमा छ ।

माघ ५ गते, २०७४ - १२:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top