Khabar Dabali Logo
  December 5, Sat

एआईजी बढुवामा अाफ्ना राख्न प्रधानमन्त्रीलार्इ पत्नी आरजुको दवाव मुख्यसचिवका ज्वार्इ देखि नेताका अाफन्त एआईजी बन्दै

काठमाडाै । मन्त्रिपरिषद्ले एआईजी दरबन्दी थप गरेपछि क्यारिअर भएका सशस्त्र प्रहरी अफिसरहरु चिन्तित भएका छन् । सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार सरकारले मुख्यसचिव र नेताका निकटहरुलाई एआईजी बनाउने तयारीसहित दरबन्दी थप गरेको पाइएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार बढुवा समितिले माघ २ गते नै सम्भाव्य उम्मेदवारहरुलाई आवश्यक कागजात बुझाउन सूचना जारी गरिसकेको छ । अहिले बढुवाको लाइनमा पहिलो नम्बरमा रहेका डिआईजी जानकी भट्टराई अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको सिफारिसमा एआईजी हुन लागेका हुन् ।

पूर्व क्षेत्रको डिआईजी रहेका भट्टराईले चुनावमा नेपाली काङ्ग्रेसलाई सहयोग गरेको भन्दै उनलाई एआईजी बनाउन कार्कीले लविङ गरिरहेका छन् । डिआईजी निराक्रम विक्रम शाह प्रधानमन्त्रीका साला भुषण राणा निकट मानिन्छन् । प्रधानमन्त्री पत्नी आरजु राणाको दवावमा उनलाई एआईजी बढुवा गर्न लागिएको छ ।

अर्का डिआईजी सुवोध अधिकारी मुख्य सचिव लोकदर्शन रेग्मीका ज्वाईं हुन् । पदावधीका कारण आगामी चैत १५ गते अवकास पाउन लागेका अधिकारीलाई एआईजीको फुली दिलाउन मुख्यसचिव रेग्मीले लविङ गरिरहेका छन् । टिकापुर हत्याकाण्डमा विवादीत भएपछि सशस्त्र प्रहरी हेड्क्वार्टरले तानेका डिआईजी षडानन्द चौधरी काङ्ग्रेस नेता बिजय गच्छेदारको जोडबलमा एआईजी हुँदैछन् ।

भट्टराई, शाह, अधिकारी र चौधरी डिआईजीको पाँच वर्षे पदावधिका कारण आगामी चैत १५ गते अवकास हुँदै थिए । उनीहरुलाई प्रहरी कितावखानाले अवकासको सूचना समेत दिइसकेको थियो, तर सरकारले एआईजी थप्ने निर्णय गरेसँगै उनीहरुको पद जोगिने भएको छ ।

सिनीयर चारजनापछि एआईजीको लाईनमा छन्, सुरज श्रेष्ठ । २०५१ सालमा खुल्ला ईन्सपेक्टरबाट प्रहरीमा छिरेका डिआईजी श्रेष्ठ व्यवसायीक अफिसर मानिन्छन् । त्यस्तै २०५२ ब्याचका डिआईजीहरु राजेश श्रेष्ठ र बाबुराम पाण्डे पनि एआईजी बन्ने दौडमा छन् ।

आफ्ना मान्छेलाई एआईजी बनाउने प्रि–प्लानसहित दरबन्दी थपको निर्णय भएसँगै सशस्त्र प्रहरी महानिरीक्षक र गृह–सचिव सम्मिलित दुई सदस्यी बढुवा समितीले बिदाको दिन समेत गनेर कागजात बुझाउने सूचना निकालेको थियो ।

कतिसम्म भने, माघ २ गते साँझ सूचना जारी गरेको बढुवा समितीले ३ दिनको म्यादमध्ये सोही दिनलाई समेत गणना गरेको छ । सोही सुचना अनुसार उम्मेदवारहरुले बिहीबार साँझसम्म बढुवा समितीमा आफ्नो कागजात बुझाईसक्नुपर्नेछ ।

माघ ५ गते, २०७४ - ०९:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top