Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

माओवादी केन्द्रले दुई दर्जन नेता माथि छानबिन गर्ने

\"\"काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय कार्यालयमा छानबिन अघि बढाएको हो। आजको अन्नपूर्ण पोष्टमा खबर छ । पार्टी नेताहरूकै ‘असहयोग र अन्तर्घात’ ले चुनाव हारेको भन्दै आरोप/प्रत्यारोप हुन थालेपछि केन्द्रीय कार्यालय बैठकले अन्तर्घात छानबिन समिति गठन गरेको थियो। अनुशासन आयोगका संयोजक अमिक शेरचनको नेतृत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन्। समितिमा करिब २ दर्जन उजुरी परेको एक सदस्यले जानकारी दिए। तोकेको समयावधिमा परेका उजुरी संकलन भइरहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने समिति संयोजक शेरचनले जानकारी दिए। ‘कलेक्सनकै चरणमा छौं, ठ्याक्कै यति नै संख्या भनेर भन्न सकिँदैन तर समितिले उजुरी दिन सकिने तोकेको अवधिमा सम्बन्धित जिल्लाको सिफारिसका आधारमा अझै पनि प्रदेश कार्यालय हुँदै उजुरी आउने क्रम जारी छ’, शेरचनले भने। माओवादी कार्यालयमा एमालेकाे पनि उजुरी समितिले २८ पुससम्म अन्तर्घातको छानबिन गर्न सम्बन्धित जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिन समयावधि तोकेको थियो। माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय नेताहरूकै निर्देशनमा जिल्ला नेताहरूले अन्तर्घात गरेको उजुरी परेको छ। उनी गोरखा २ बाट प्रतिनिधिसभामा नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए। महिला नेतृ उर्मिला अर्याल पर्सा ४ मा पराजित भएकी थिइन्। उनलाई नेता जालिम मियाँलगायतले असहयोग गरेर पराजित गराएको उजुरी परेको छ। उनलाई हराउन रौतहटका माओवादी नेतासमेत प्रयोग गरिएको उजुरीमा उल्लेख छ। समितिले उजुरी नखोलेकाले उजुरी परेका नेताहरूबारे बताउन सक्ने अवस्थामा समिति सदस्य छैनन्। ‘यो उम्मेदवारलाई हराउन यी नेता कार्यकर्ताले भूमिका खेले भन्ने अहिल्यै बताउन सकिन्न तर अन्तर्घातका कारण हारेका उजुरीहरू छन्’, समितिका सदस्य नेता लीलामणि पोखरेलले भने, ‘उजुरी कलेक्सन भइरहेको छ, सकिएलगत्तै छानबिन प्रक्रिया अघि बढेपछि मात्र भन्न सकिएला।’ छानबिन अन्योलमा अन्तरपार्टी अन्तरघातको उजुरी समेत परेपछि छानबिन गर्ने/नगर्ने समिति अन्योलमा छ। रौतहट २ का एमाले उम्मेदवारले माओवादी नेताको अन्तर्घातले हारेको उजुरी दिएपछि छानबिन गर्ने/नगर्नेमा समिति अन्योलमा परेको हो। समितिले बनाएको कार्यविधि आन्तरिक छानबिनका लागि मात्र भएकाले उजुरी परेको भए छानबिन नहुने सदस्य पोखरेलले बताए। ‘आन्तरिक अन्तर्घात छानबिनका लागि समिति गठन भएको हो’, उनले भने, ‘तर अन्तरपार्टी अन्तर्घात समितिले छानबिन गर्दैन। त्यस्तो उजुरी आएको भए दुई पार्टीका शीर्ष नेताको मूल्यांकनका आधारमा हुन्छ।’ संयोजक शेरचनले भने संकलन भइरहेकाले उजुरी आएको भए के कसरी टुंगो लगाउने समितिभित्र छलफल गरेर ठोस योजना बनाइने बताए। ‘त्यस्तो उजुरी आए नआएको भन्न सक्दैनौं तर आएको रहेछ भने छलफल गरेर निर्णय लिन्छौं,’ उनले भने।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies