Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

झोले शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनकै चेतावनी

\"\"काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंले दलको झोला बोक्ने तर कक्षाकोठामा नियमित उपस्थित नहुने शिक्षकलाई कार्बाही गर्ने भएको छ । बिहिवार काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले नेताको झोला बोक्ने, कक्षाकोठामा नियमित उपस्थित नहुने, शिक्षकको कर्तव्य प्रति इमान्दार नहुने शिक्षकहरुलाई कार्बाही गर्ने निर्णय गरेको हो । कार्बाहीको शुरुवात पहिले संगठनकै सदस्यहरुबाट गर्ने र पछि दायरा बढाउँदै लगिने संगठनले जनाएको छ । कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्व शिक्षामन्त्रीले दिनानाथ शर्माले नेपालको सार्वजनिक शिक्षा माथि चौतर्फी हमला भइरहेकाले देशभक्ति र गणतान्त्रिक शिक्षकहरु त्यसको बचाउमा लाग्नुपर्ने बताए । शिक्षकहरुले असल शिक्षा दिए शिक्षा सुधार हुने र शिक्षा सुधार भएमात्रै मुलुक समृद्ध बन्ने शर्माले दावी गरे । सार्वजनिक शिक्षा कमजोर हुँदा शिक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको, दक्ष जनशक्तिको कमी भएकाले सवै मिलेर सार्वजनिक सुधारमा लाग्नुपर्ने शर्माको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका काठमाडौं जिल्ला संयोजक लेखनाथ न्यौपानेले शिक्षकहरुले बढी राजनीति गरेका, कक्षाकोठामा राम्रो नपढाएकै कारण सार्वजनिक शिक्षा कमजोर बन्दै गएकाले शिक्षकहरु अब गुणस्तरमा केन्द्रित हुनुपर्ने बताए । अब शिक्षक नेता आन्दोलनबाट होइन उसको कार्यशैलीबाट छनौट हुनुपर्ने भन्दै न्यौपानेले शिक्षक आन्दोलन कक्षाकोठामा राम्रो पढाएर हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष रमेश रुपाखेतीले बामपन्थी शिक्षकहरुको एउटै साझा मञ्च बनाएर एकीकृत रुपमा शैक्षिक विकासमा लाग्नुपर्ने बताए । जनवादी र समाजवादी शिक्षाका लागि शिक्षकहरुकै तहबाट पहल हुनुपर्नै भन्दै रुपाखेतीले अबको शिक्षक आन्दोलन सिकाइ सुधार केन्द्रित हुनुपर्ने बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौंका अध्यक्ष यादव पौडेलले शिक्षकहरुमा अस्थायी, राहत, पिसिएफ, करारलगायतका समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै पहिले शिक्षकका समस्या समाधान हुनुपर्नेमा जोड दिए । शिक्षकले अधिकार पाएपछि बल्ल कर्तव्यमा मात्रै केन्द्रित हुन सक्ने पौडेलले स्पष्ट पारे ।  एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले अहिलेको समयको माग भनेको विगतको जस्तो दलको झोला बोकेर वर्गाीय आन्दोलनमा लाग्ने नभइ शिक्षाको समृद्धिमा लाग्नुपर्ने भएको बताए । ‘हिजो समयको माग त्यही थियो होला तर आन्दोलनको एउटा कोर्स पुरा भइसकेको अवस्थामा अब शिक्षकहरु कक्षाकोठामा केन्द्रित हुनुको विकल्प छैन ।’ अधिकारीले भने । शिक्षकहरुलाई कक्षाकोठामा राम्रो प्रस्तुति दिनुबाहेकको अन्य विकल्प नभएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका निर्वतमान अध्यक्ष भीमप्रसाद पोखरेलले संगठनका सदस्यहरुलाई अब दलको झोला बोकेर कक्षाकोठा बिर्सने छुट नभएको स्पष्ट पारे । मियाको नेतृत्वमा नयाँ कार्यसमिति एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला सम्मेलनले कमालदीन मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नानीराम सापकोटा, महिला उपाध्यक्षमा कल्पना पनेरु, उपाध्यक्षहरुमा मचाभाई महर्जन, मधुसुदन रेग्मी र प्रविण न्यौपाने रहेका छन् । त्यस्तै, सम्मेलनबाट सचिवमा कृष्णराज कट्टेल, अर्थ सचिवमा सञ्जिवकुमार सिंह, सहसचिवहरुमा अमृता मजाकोटी, राजु खत्री र जग प्रसाद तिवारी निर्वाचित भएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies