Khabar Dabali Logo
  October 22, Thu

खुला दिसामुक्त अभियानः खुल्ला ठाउँमा दिसापिसाब गर्दागर्दै २५ जना पक्राउ

इटहरी । सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मिशन ओडिएफ टोली खुला दिसामुक्त कार्यक्रमलाई सघाउँदै आएको नारी विकास संघसंस्था सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले ती मानिसलाई खुला स्थानमा दिसापिसाब गरिरहेको अवस्थामा फेला पारेर बिहानै पक्राउ गरेको अभियानकर्मी ललिता लम्सालले जानकारी दिइन् ।

जिल्ला सरसफाइ अभियानसँगै लामो समयदेखि मिशन ओडिएफ अभियानमा सक्रिय डिभिजन कार्यालयका अभियानकर्मीहरु ललिता लम्साल, सुजाता शाक्य, तारा कार्की, मनु सिलवाल नारी विकास संघकी अभियानकर्मी सरिता खनाल तथा सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ समितिका पदाधिकारीले ती मानिसलाई नियन्त्रणमा लिएका हुन् ।

प्रहरीसहितको मिशन ओडिएफ टोलीको नियन्त्रणमा रहेका ती सबै स्थानीयवासीलाई खुला स्थानमा दिसापिसाब गर्नाले पुग्ने हानि तथा समाजमा पुग्ने प्रतिकूल असरका विषयमा सम्झाई तत्काल चर्पी निर्माण गरेर त्यही स्थानमा दिसापिसाब गर्नाले आफू परिवार र समुदायमा पुग्ने फाइदा आदिका विषयमा ज्ञान दिएर चर्पी बनाउने प्रतिबद्धता गराएर छाडिएको मिशन ओडिएफ अभियानकर्मी लम्सालले जानकारी दिए ।

सुनसरी जिल्लाका अधिकांश गाउँ तथा नगरमा चर्पी निर्माण गरेर प्रयोगमा ल्याइसकिएको तथा पछिल्लो समयमा भोक्राहा गाउँपालिकाको नरसिंह कोशी गाउँपालिकाको श्रीपुर गढी गाउँपालिकाको छिटाहा इनरुवा नगरपालिकाको डुम्राहा र बराह नगरपालिकाको महेन्द्रनगर खुल्ला दिसामुक्त हुन बाँकी रहेकाले ती सबै गाउँलाई पनि चाँडै खुला दिसामुक्त घोषित गर्न मिशन ओडिएफ अभियान चलाइँदै आएको बताइएको छ । रासस

माघ ४ गते, २०७४ - १३:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top