Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सिट बाँडफाँडमा वाम गठबन्धनकाे यस्ताे छ समझदारी, साना दलसंग पनि छलफल गर्ने

\"\"काठमाडाै ।  वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा ४३ सिटमा साझा उम्मेदवार उठाउने समझदारी गरेका छन् । एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकले ४३ सिटको भागबन्डा टुंगो लगाउँदै साझा उम्मेदवारी दिने निर्णय गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–कार्यदलले सिट बाँडफाँडका लागि निर्वाचनमा प्राप्त परिणाम, पार्टी एकताको स्पिरिट, सम्भावित उम्मेदवारको व्यक्तित्व र कार्यक्षमता तथा सन्तुलन र समावेशितासहित चारवटा मापदण्ड बनाएको थियो । २४ माघका लागि घोषित राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले १० माघमा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ । छलफल रणनीति मधेसकेन्द्रित दलसहित अन्य पार्टीसँग पनि छलफल गरेर बाँकी १३ सिटको उम्मेदवारी टुंगो लगाउने भएको छ । जित्ने निश्चित सिटमा मात्र भागबन्डा गरेका दुई दल अन्य साना दलसँग समेत छलफल गरेर बाँकी सिटको उम्मेदवारी टुंगो लगाउने निष्कर्षमा पुगेका हुन् । एमाले अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्किएलगत्तै प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । राजमो, नेमकिपा, नयाँ शक्ति, साझा विवेकशीललगायतका साना दल र स्वतन्त्रबाट जितेका प्रतिनिधिसँगसमेत छलफल गरेर सहयोग लिने वाम गठबन्धनको रणनीति छ । ३ र ६ नम्बर प्रदेशमा आठै सिट वाम गठबन्धनले प्रदेश नम्बर ३ र ६ का आठवटै सिटमा उम्मेदवारी दिने भएको छ । दुवै प्रदेशमा नयाँ शक्ति, साझा विवेकशील, राजमो, नेमकिपा र स्वतन्त्र जनप्रतिनिधिसँगसमेत तालमेल गरेर सबै सिट जित्ने दुई दलको रणनीति छ । माओवादी नेता मातृका यादवका अनुसार एमालेले ६ सिटका लागि खुलाबाट २, महिला २, दलित र अल्पसंख्यक कोटाबाट १–१ सिटमा उम्मेदवारी दिनेछ । त्यस्तै, माओवादीले खुलातर्फ १ र महिलातर्फ १ सहित २ सिटमा उम्मेदवारी दिनेछ । त्यस्तै, ६ मा एमालेले महिला २, खुला २ र दलित कोटाको १ सिटमा तथा माओवादीले खुला १, महिला १ र अल्पसंख्यक कोटाको १ सिटमा उम्मेदवारी दिने गरी समझदारी भएको यादवले बताए । ज्ञवाली र बादलको दाबेदारी एमाले उपाध्यक्ष युवराज ज्ञवाली प्रदेश नम्बर ५ र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले प्रदेश नंं. ३ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । चितवन मतदाता भएका बादललाई माओवादीले खुला पुरुष कोटामा उम्मेदवारी बनाउन लागेको हो । प्रदेश ३ मा एमालेको एकल बहुमत रहे पनि वाम कार्यदलको बैठकमा उनलाई खुला कोटाबाट उम्मेदवार बनाउने गरी समझदारी भएको एक नेताले बताए । ‘एमालेकै नेताहरूको प्रस्तावमा उहाँ प्रदेश नं. ३ बाट खुला कोटामा उम्मेदवार बन्नुहुनेछ,’ माओवादीका एक नेताले भने, ‘पार्टीले अन्तिम निर्णय गर्न मात्र बाँकी छ ।’ त्यस्तै, पदाधिकारीहरूमध्ये ज्ञवालीलाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने तयारी गरे पनि एमालेले पनि निर्णय गरेको छैन । ज्ञवाली र बादल दुवै राष्ट्रिय सभाको सम्भावित अध्यक्षका रूपमा चर्चामा रहे पनि सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको बाँडफाँड टुंगिसकेको छैन । दुवै दलको उम्मेदवारी प्रदेश नंं. २ मा एमालेले खुला र माओवादीले महिला कोटामा १–१ सिटका लागि उम्मेदवारी दिनेछन् । यद्यपि, अन्य दलसँग समझदारी गरेर अल्पसंख्यक या दलित कोटामा माओवादीले थप १ सिटमा उम्मेदवारी उठाउने कार्यदलमा सहमति भएको छ । प्रदेश नं. ४ मा एमालेले खुलातर्फ १, महिलातर्फ २ र अपांगता भएका व्यक्तितर्फ १ सहित ४ सिटमा तथा माओवादीले दलित र खुलातर्फ १–१ सिटका लागि उम्मेदवारी दिने समझदारी भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । त्यस्तै, ५ मा एमालेले खुला १ र महिला २ तथा दलित कोटाको १ सहित ४ सिटमा उम्मेदवारी दिने तथा माओवादीले अपांगता भएका व्यक्ति र महिला कोटातर्फ १–१ सिटमा उम्मेदवारी दिने सहमति भएको पाण्डेले बताए । प्रदेश नम्बर ६ मा एमालेले ५ र माओवादीले ३ सिटमा तथा प्रदेश नम्बर ७ मा एमालेले ४ र माओवादीले २ सिटमा उम्मेदवारी दिने बताइएकाे छ ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies