Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रदेश प्रमुखको बायोडाटाः महन्थ ठाकुरका सम्धीदेखि चुनाव हरूवासम्म

\"\"काठमाडाैं । अाज बसेको दोस्रो मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । सरकारले दुइ ठूला प्रतिपक्ष नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको सहमतिबिनै तोकेको हो । जसमध्य उनीहरु केही चर्चित अनुहार हुन भने केही अहिले मात्रै चर्चामा आएका छन् । प्रदेश १ मा गोविन्द सुब्बा प्रदेश प्रमुख तोकिएका छन् । धनकुटा निवासी सुब्बा अंग्रेजीका प्राध्यापक हुन । अखिलबाट राजनीति शुरुआत गरेका उनी पछि कांग्रेस निकट भएका थिए । ०४९ सालको भएको स्थानीय चुनावमा धरानको मेयरमा उनी हारेका थिए । कांग्रेसबाट उम्मेदवार बनेका उनी २२५ भोटले मात्र हारेका थिए । प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुख तोकिएका छन् । मधेश केन्द्रीत दलहरुको समर्थनमा प्रदेश प्रमुख तोकिएका कायस्थ पूर्व सचिव हुन । उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन । उनी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका (स्टाफ कलेज)का पूर्व प्रमुख हुन । माअोवादी र एमालेको सहमतिबिनै सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी मुकाम बालुवाटारमा बाझाबाझः अस्थायी मुकामबारे कमल थापादेखि सुनिल थापासम्मको बखेडा त्यस्तै अनुराधा कोइराला प्रदेश ३ को प्रदेश प्रमुख तोकिएकी छन् । माइती नेपाल संस्थापक कोइराला देश विदेश प्रख्यात छन् । मानव बेचविखन विरुद्धको अभियानमा संसारभरी नै चर्चित नाम हो, कोइराला । प्रदेश ४ मा बाबुराम कुँवर प्रदेश प्रमुख तोकिएका छन् । अर्घाखाँचीका कुँवर पूर्व महान्याधिवक्ता हुन । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्याधिवक्ता थिए । त्यस्तै उमाकान्त झा प्रदेश ५ को प्रदेश प्रमुख तोकिएका छन् । उनी पूर्व सचिव तथा राजपा नेपालका अध्यक्ष मण्डलका एक संयोजक महन्थ ठाकुरका सम्धीसमेत हुन । २०७० को संविधानसभा निर्वाचन गराउन गठित खिलराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए । प्रदेश ६ मा दुर्गा खनाल प्रदेश प्रमुख तोकिएका छन् । शिक्षण पेशामा संलग्न खनाल कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । यसैगरी मोहनराज मल्ल प्रदेश ७ को प्रदेश प्रमुख तोकिएका छन् । शालिनव्यक्तित्वका रुपमा चिनिने मल्ल राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । उनी परराष्ट्र सहायक मन्त्री भइसकेका छन् । त्यस्तै सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies