Khabar Dabali Logo
  October 27, Tue

अमेरिकाले सहयोग रोक्यो

 

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो ।

अमेरिकाको यस्तो कदमले सङ्कटमा रहेका भनिएका लाखौँ मानिसलाई असर गर्ने संयुक्त राष्ट्रसंघका एक अधिकारीले जानकारी दिएका छन् ।

अमेरिकाले प्यालेस्टिनलाई सहयोग गरी आएको करिब १२ करोड ५० लाख डलरमध्ये पहिलो किस्तास्वरुप दिनुपर्ने ६ करोड ५० लाख अमेरिकी डलर रोक्ने निर्णय गरिएको जनाएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उनीहरुलाई दिँइदै आएको सहायता रकम रोक्न सकिने खुलासा गर्नुभएको थियो ।

उनले प्यालेस्टिनीहरूले इजरायलसँगको शान्ति प्रयासलाई स्वीकार नगरेमा प्यालेस्टिनीलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने जानकारी दिएका थिए ।

उनको सोही प्रस्तावअनुसार अहिले यो रकम कटौतीको निर्णय आएको हो । आइतवार गरिइएको यस निर्णयपछि प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रपति ट्रम्पको चर्को आलोचना पनि गरेका थिए ।

गत डिसेम्बर ६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा प्रस्ताव गरेपछि प्यालेस्टिनीहरु सो निर्णयको विरुद्धमा आएका हुन् ।

राष्ट्रपति अब्बासले गत वर्षको अमेरिकाको सो निर्णयपछि नै अमेरिकाको कुनै पनि शान्ति योजनालाई आफूहरुले स्वीकार नगर्ने घोषणा गर्दै आएका हुन् ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्थाहरुले प्यालेस्टाइनी शरणार्थीहरूलाई सहायतागर्दै आएका छन् ।
ती संस्था तथा राष्ट्रसंघीय निकायहरुले पनि प्यालेस्टाइनी नागरिकहरुलाई स्वास्थ्य, शिक्षा र समाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन् ।

अब यो सहायता अमेरिकाले एकतर्फी रुपमा रोकेपछि ती कार्यक्रमहरुमा असर पर्ने बताइएको छ । यस विषयमा संयुक्त राष्ट्रसंघको तर्फबाट कुनै आधिकारिक धारणा भने आएको छैन । रासस

माघ ३ गते, २०७४ - १६:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top