Khabar Dabali Logo
  October 19, Mon

इन्डोनेसियाली प्रहरीको कारवाहीमा नेपाली मारिए

काठमाडौं । इन्डोनेसियामा एक नेपाली प्रहरीको कारवाहीमा मारिएका छन् ।

सेन्ट्रल जकार्ता मेट्रो प्रहरीले गत शुक्रबार ३४ वर्षीय शरण कुमार तामाङलाई गोली हानी मारेको इन्डोनेसियाली मिडियाहरुले जनाएका छन् । उनीमाथि लागुऔषध कारोबारमा संलग्न भएको आरोप लागेको थियो ।

रिपोर्टमा तामाङले सोधपुछका क्रममा एक प्रहरी अधिकारीको हतियार खोस्न खोजेपछि प्रहरीले उनीमाथि गोली चलाएको उल्लेख गरिएको छ । गोली उनको छातीमा लागेको बताइएको छ ।

‘हामीले उनलाई लागुऔषधको कारोबार हुने स्थान देखाउन सोधपुछ गरिरहेका थियौँ,’ जकार्ता मेट्रो प्रहरीका प्रमुख कोम्बेस रोमा हुताजुलुले मिडियासँग कुराकानी गर्दै भने, ‘तर, उनले एक अफिसरलाई धकेल्दै हतियार खोस्ने प्रयास गरे । बाध्य भएर उनीमाथि गोली चलाउन पर्यो ।’ यो घटना शुक्रबार बिहान १२ः४५ मा भएको उल्लेख गरिएको छ ।

उनलाई गोली लागेपछि तुरुन्त प्रहरी अस्पताल लगिए पनि उनलाई मृत घोषित गरिएको थियो । कोम्बेसले सेन्ट्रल जर्कार्ताको गुनुङ सहरी, सवाह बेसार क्षेत्रमा लागुऔषध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा कारवाही अघि बढाएको थियो ।

तामाङलाई त्यसक्षेत्रमा रहेको एक बैंकको अगाडी लागुऔषध कारोबार गरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उनीसँग होटल अल्फाइनको कार्ड र ५२ ग्राम लागुऔषध पनि फेला परेको प्रहरीको भनाई छ । पछि उनको होटलको २०४ नम्बर कोठामा खोजी गर्दा ३.४ केजी लागुऔषध पनि फेला परेको बताइएको छ । उनी कसरी इन्डोनेसिया पुगे र नेपालमा उनको स्थायी ठेगाना कहाँ हो भन्ने केही खुलाइएको छैन । एजेन्सी

माघ ३ गते, २०७४ - ११:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

बलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले...   

कोरोनाले बढायो मानसिक समस्या

बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top