Khabar Dabali Logo
  October 23, Fri

पाँच दलका नेतासंग निर्वाचन अायाेगकाे छलफल

काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ।

अाजकाे नागरिक दैनिकमा खबर छ । आयोगद्वारा छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराए।

निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार ५६ मतदाता छन् । बैठकपछि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाका बारेमा जानकारी गराएको सङ्क्षिप्त प्रतिक्रिया दिए।

उनले भने, ‘सरकारले संविधान र कानूनअनुसार प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्ने नै छ । अस्थायी राजधानी तोक्दा राजनीतिक सहमति हुने मैले विश्वास लिएको छु।’

बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफलमा जानकारी गराएको सञ्चारकर्मीलाई बताए।

बैठकमा नेकपा (एमाले) का तर्फबाट नेता नेम्वाङ, अग्नि खरेल, नेकाका तर्फबाट नेता लेखक, बालकृष्ण खाँण, नेकपा (माओवादी केन्द्र) का तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिँडारी, सङ्घीय समाजवादी फोरमका तर्फबाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका तर्फबाट नेता महन्थ ठाकुर तथा आयुक्तहरु ईश्वरी पौडेल, नगेन्द्र दाहाललगायतको सहभागिता थियो।

माघ ३ गते, २०७४ - ०७:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top