Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बढी भाडा असुल्ने चालकलाई कारबाही

[caption id=\"attachment_110778\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

काठमाडौं । साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको मेला लाग्ने शालीनदीमा लाखौँ भक्तजन पुग्ने गर्छन् । मेला भर्न गएका ज्येष्ठ नागरिक, अपाङ्ग र विद्यार्थीलाई यहाँ चल्ने सवारी साधनमा यात्रा गर्दा सहुलियत नदिएको तीर्थयात्री सम्झना श्रेष्ठले बताए ।

चाबहिलदेखि शालीनदीसम्मको भाडा प्रतिव्यक्ति रु २७ तोकिएको छ । तर सहचालकले यात्रुबाट रु ३५ उठाउने गरेका छन् । शालीनदीबाट रत्नपार्कसम्मको भाडा रु ३५ रहेकामा रु ४५ भन्दा बढी लिने गरेको यात्रु रमिला कायस्थले बताए ।

यातायात क्षेत्रको विकृतिविरुद्ध अभियानमा लाग्नुभएका भक्तपुरका रामबहादुर थापा विभागले अनुगमन नगरेकै कारण सवारी साधनका सहचालकले काठमाडौँमै मनलागी भाडा असुल्ने बताउँछन् ।

“सम्बन्धित निकायले जानकारी दिने ‘होर्डिङ बोर्ड’ समेत राखेका छैनन्, यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा भएको प्रावधानअनुसार दूरी एवं आवतजावत गर्ने स्थल उल्लेख भएको टिकट दिँदैनन्, त्यसैले सहचालकले बढीभन्दा बढी भाडा असुल्ने गरेका छन्”, उनले भने ।

रत्नपार्क, चाबहिल, साँखु, सातदोबाटोमा कार्यसमितिका एक/एकजना प्रतिनिधि खटाएर बढी भाडा असुल्नेलाई कारबाही गर्दैआएको संघले जनाएको छ । संघका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ चाबहिलदेखि शालीनदीसम्मको भाडा रु १०० देखि रु १५० सम्म लिने दुईवटा सवारी साधनका चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई बुझाएको बताउँछन् । शालीनदीमा एक महिना मेला लाग्ने भए पनि शनिबार र सार्वजनिक बिदाका दिन बढी भीड हुने गर्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies