Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रधानमन्त्री देउवाको गृहजिल्लाको एक गाउँः बीस वर्षपछि पूरा भयो सवारी साधन चढ्ने धोको

\"\"डडेल्धुरा । डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै बाटो पनि बनेपछि पूरा भएको हो । विसं २०५४ मा उद्घाटन गरी सडक खन्ने कार्य गरिए पनि २० वर्षपछि जनप्रतिनिधि आएको छ महिनामा नै पूरा भएको उक्त गाउँपालिकाले जनाएको छ । विसं २०५४ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत आनारखोली, बजकोट खतेडागाउँका साथै डडेल्धुरा र बैतडीका अन्य गाउँमा सडक पु¥याउनका लागि उद्घाटन गरिए पनि प्रयास विफल भएको थियो । करिब नौ किमी सडक खन्न २० वर्ष लागेको र करोडौँ पैसासमेत खर्च भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

काठमाडाैंका भित्री शहरमा चारपाङ्ग्रे सवारी निषेध

साविकको जिविसको बजेट, साविककै समैजी गाविसको बजेट, सडक डिभिजन कार्यालय कुलपाते र पाटनको बजेट र सांसद विकास कोषको रकम गरी करोडौँ रुपैयाँ खर्च गरिसक्दा पनि निर्माण हुन नसकेको नौ किमी ग्रामीण सडक स्थानीय जननिर्वाचित प्रतिनिधि आएको केही समयमा नै पुगेको स्थानीय उपभोक्ताको भनाइ छ । उक्तसडकलाई गाउँसम्म पु¥याउनका लागि स्थानीयबाट रु दुई लाख चन्दा संकलन गरी खर्च गर्दा सडक दुई किमी मात्रै काटिएको स्थानीय धर्मानन्द भट्टले बताए । बिरामी वृद्धवृद्धा र सुत्केरी महिलालाई अस्पतालसम्म लैजान समस्या झेल्दै आएको उक्त गाउँका बासिन्दा सडक गाउँमा पुगेसँगै हर्षित पनि भएका छन् । रोगी र सुत्केरी अवस्थाका महिलाले तत्काल ज्यान गुमाउनुपर्ने अवस्था अब नभएको चर्चा गर्दै अर्का स्थानीय वीरेन्द्र भण्डारीले भने “आफू जन्मदा सुरुआत गरिएको सडक आफूले छोराछोरी हुर्काइ सकेका बेलामा गाउँमा बाटो पुग्दा पनि खुशी लागेको छ ।” गाउँपालिका र वडाको बजेटले यो आर्थिक वर्षको पहिलो चौमासिकमै गाउँमा सडक पु¥याइएको सडक निर्माण समितिका अध्यक्ष हरिदत्त भट्टले बताए । स्थानीय सरकार गठन भएसँगै आवका लागि बजेट विनियोजित गर्दा वडा कार्यालय समैजी र गाउँपालिका अजयमेरुले अनारखोली बजकोट खतेडा सडकलाई प्राथमिकतामा राखेको वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए । वडा कार्यालयको रु सात लाख र गाउँपालिकाको रु २० लाख गरी रु २७ लाखमा अनारखोली, बजकोट र खतेडा सडक गाउँमा पु¥याइएको वडा कार्यालयले जनाएको छ । वडा नं १ को खतेडा, बजकोट, मुद्राड, सिलगीमा पनि सडक पुगेको वडा कार्यालयका सचिव पुष्पराज जोशीले जानकारी गराए । अजमैरु गाउँपालिकाका छवटै वडाका गाउँमा समेत सडक सञ्जालसँग जोड्ने कार्य भइरहेको छ । अजयमेरु गाउँपालिको बजेट र वडाको बजेटले दुर्गम बस्तीमा रहेका गाउँमा सडक पुग्दा जनतालाई राहत हुनुका साथै सडक खन्ने कार्यले तिब्र गति लिएको गाउँपालिका प्रमुख उमेश भट्टले बताए । वर्षांै पहिलेदेखिको गाडी चढ्ने धोको निर्माण कार्य शुरु गरिएको २० वर्षमा पूरा हुँदा खतेडाका महिला बालबालिका वृद्ध तथा सर्वसाधारण हर्षित भएका स्थानीय किशोर सिंह भण्डारीको भनाइ छ । गाउँपालिकाको टोलीसहित सडक अनुगमनमा वडा नं १ म पुगेका प्रमुख भट्टले गाउँमा सडक पुग्यो अब व्यावसायिकरुपमा उत्पादनमूलक कृषि कार्यका लागि आम्दानीका स्रोत बढाउन विकास निर्माणसँगै बेरोजगारी समस्यासमेत समाधान गर्नेतर्फ योजना अगाडि सार्ने बताए । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies