Khabar Dabali Logo
  October 29, Thu

अाफ्नै आमाबाबुले बन्धक बनाएका १३ जनाको उद्धार

क्यार्लिफोनियाका प्रहरीले सार्न बर्नाडिनो नजिकै रहेको आफ्नो घरको ओछ्यानमा सिक्रीले बाँधेर राखिएका २ देखि २९ वर्षका एकै परिवारका सन्तानको परिचय सार्वजनिक गरेका छन् । उनीहरूका आमाबुबालाई पक्राउ गरिएको छ र यातना अनि बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ ।

आइतवार भाग्न सफल एक किशोरीले आपतकालीन सेवामा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदीबहिनीलाई बन्धक बनाइएको जानकारी दिएकी थिइन् । प्रहरीको कार्यालयले कैयौँ पीडितलाई ओछ्यानमै हत्कडी लगाएर राखिएको र दुर्गन्ध आउने ठाउँमा थुनिएको जनाएको छ ।

पेरिस नगरको मुइर वुड्स रोडसँगैको एउटा घरभित्रको त्रासदीपूर्ण अवस्थाबारे त्यहाँबाट मोबाइल फोनसहित भागेर प्रहरीलाई फोन गर्न सफल भएकी एक १७ वर्षीया किशोरीले बताएकी हुन् ।

उनले आफ्ना १२ जना दाजुभाइ तथा दिदीबहिनीलाई अभिभावकले बन्धक बनाएको दावी गरेकी थिइन् । त्यो घरमा पुग्दा प्रहरीले १२ जना बालबालिका फेला परेको विश्वास गरे । तर उनीहरू त्यसबेला छक्क परे जब फेला परेकामध्ये सात जना १८ देखि २९ वर्षका वयस्क रहेको जानकारी पाए ।

उनीहरू फोहोर र कुपोषणबाट ग्रस्त जस्तो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हातमा हत्कडी लगाएर अँध्यारो र दुर्गन्धित ठाउँमा उनीहरूलाई कोठामा ताला लगाएर राखिएको थियो ।

अनुसन्धानकर्ताहरूले भनेका छन्, ५७ वर्षीय डेविड टर्पिन र ४९ वर्षीया लुविस टर्पिनले आफ्ना छोराछोरीलाई त्यसरी बन्धक राख्नुको कारण खुलाउन सकेका छैनन् । उनीहरूलाई पक्राउ गरिएको छ र यातना अनि बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ । बीबीसी

माघ २ गते, २०७४ - ११:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top