Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नयाँ सांसदलार्इ डेराकाे चटाराे

\"\"काठमाडाै । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित ६६ नयाँ सांसदमध्ये अधिकांश यतिवेला काठमाडौंमा डेरा खोज्ने क्रममा छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित १६५ मध्ये ९९ जना पुरानै अनुहार छन् भने ६६ जना पहिलोपटक निर्वाचित भएका हुन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनबाट विजयी भएकाहरू डेरा खोज्न, गृहजिल्ला आवतजावत गर्न तथा कार्यकर्ता भेटघाटमै व्यस्त छन् । एमालेबाट ४०, माओवादी केन्द्रबाट ११, कांग्रेसका ३, संघीय समाजवादी फोरमबाट ७,राजपाका ४ र राप्रपाबाट १ जना पहिलोपटक सांसद बनेका छन् । नयाँ सांसदमध्ये काठमाडौंमा घर नभएकाहरू डेरा खोजिरहेका छन् । एमालेबाट प्रत्यक्ष निर्वाचित भएका सांसदहरूमध्ये ४० जना नयाँ अनुहार हुन् । उनीहरूमध्ये अधिकांश यसअघि आफ्नो गृह जिल्लामै बस्ने गरेका थिए । प्रतिनिधिसभामा निर्वाचित भएपछि काठमाडौं बस्नुपर्ने भएकाले अहिले धेरैले डेरा खोजिरहेका छन् । स्याङ्जा २ बाट निर्वाचिन एमाले सांसद पद्मा अर्यालले आफू डेरा खोज्नेक्रममा रहेको बताइन् । ‘संसद् अधिवेशन आह्वान हुन अब राष्ट्रिय सभाकै चुनाव कुर्नुपर्ने भयो । पहिलोपटक निर्वाचित सांसद भएकाले पनि अब कम्तीमा पाँच वर्षका लागि डेरा त खोज्नैपर्‍यो । अहिले भाइहरूसँग एड्जस्ट गरेर बसिरहेकी छु,’ उनले भनिन् । दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेकै राजबहादुर बुढा पनि डेराकै खोजीमा छन् । नवनिर्वाचित सांसद बुढा भन्छन्, ‘अब डेरा खोज्ने क्रममा छु । अहिले लोकन्थलीमा भाइहरूसित बसिरहेको छु । संसद् चलिनसकेकाले निर्वाचन क्षेत्र जाने आउने क्रम चलिरहेको छ ।’ बाजुरा क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका लालबहादुर रावल पनि संसद्मा पहिलोपटक प्रतिनिधित्व गर्दै छन् । उनका छोराछोरी भने यसअघि नै कीर्तिपुरमा बसेर अध्ययन गरिरहेकाले उनले डेरा खोज्नुपरेन । भन्छन्,‘छोराछोरी पहिले नै यतै बसेर पढ्न कीर्तिपुरमा डेरा लिएर बस्थे । अहिले म छोराछोरीसँगै छु । डेरामै बस्ने भएकाले समय– समयमा खोज्नुपर्ला । तर, तत्काल समस्या छैन ।’ माओवादी केन्द्र, कांग्रेसदेखि समाजवादी फोरम, राजपाबाट पहिलोपटक संसद् सदस्यमा निर्वाचित भएका अधिकांश नयाँ सांसद डेराकै खोजीमा छन् । रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस सांसद देवप्रसाद तिमल्सिना यतिबेला गृहजिल्लामै छन् । काठमाडौं आएलगत्तै डेराखोज्ने काम सुरु हुने उनले बताए । काठमाडौंमा आफ्नो घर छैन । आफन्तको घर त छ तर आफन्तकोमा बसेर सधैँ नहुने । काठमाडौं आएपछि डेरा खोज्नुपर्ला,’ उनले भने,‘ अहिले त संसद् नचलेकाले निर्वाचन क्षेत्रमै छु । पहिले ६०१ सांसद हुँदा पनि बसेकै थिए । अब त सांसद संख्या घट्यो डेरा पाइएला नि ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies