Khabar Dabali Logo
  October 31, Sat

छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी उपहार

भद्रपुर । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उनी चर्पीदाताको रुपमा चिनिन थालेका छन् ।

विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गरेका छन् ।

हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उनले आफ्नो वडामा रहेका चार विद्यालयका एक÷एक विद्यार्थीलाई निजी स्तरबाट छात्रवृत्ति प्रदान गर्ने निर्णयले उहाँलाई थप सामाजिक काम गर्ने हौसला बढेको पाइन्छ । ‘मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोच बनाएको थिएँ’, उनले भने, ‘तर, गाउँमा खुल्ला दिसामुक्त अभियान चलेपछि छात्रवृत्ति कोष स्थापनालाई केही पर सारेर चार विद्यालयका एक÷एक जना विपन्न विद्यार्थीको घरमा चर्पी बनाउनका लागि आवश्यक सामान दिएँ ।’

चर्पी बनाउनका लागि उहाँले सिमेण्टका चारवटा रिङ, त्यसको ढक्कन, वाटरसिल प्यान र पाइप दिएका छन् । चर्पीको माथिल्लो संरचना तयार गर्नका लागि आफ्नो घरमा बाँस नहुनेलाई बाँस पनि सहयोग गरेका छन् । ‘प्यान जडान गर्नका लागि सिमेण्टसमेत किन्न नसक्नेलाई सिमेण्टसमेत सहयोग गरेको छु’, उनले भने ।

यही पुस २ गते छोरा आगमन कटुवालको जन्मदिनको अवसरमा छोरालाई जन्म दिनको उपहारको बारेमा सोचिरहेका केदारलाई लाग्योः कुनै एक विपन्नलाई चर्पी बनाउने सामान नै उपहार दिन पाए झनै भलो होला ।

त्यसैले उनले दृष्टिविहीन बज्रबहादुर कार्कीलाई चर्पी बनाउने सामान हस्तान्तरण गरे, त्यो पनि छोराको हातबाट । वडाध्यक्ष कटुवालतर्फ संकेत गर्दै बज्रबहादुरले भने, ‘उहाँकै गाडीमा सामान राखेर ल्याइदिनुभयो, चर्पी बनाउने बाँस पनि उहाँकै घरबाट ल्याएँ ।’

खुल्ला दिसामुक्त अभियानका क्रममा सञ्चारकर्मीको टोली बज्रबहादुरको घरमा पुग्दा उनले भने, ‘बाँसको टाटी त आफैँ बनाएँ, अब सिमेण्ट पाएँ भने बाँसको टाटीमा सिमेण्ट लगाएर चिटिक्कको चर्पी बनाउथेँ ।’

बज्रबहादुरको बोली खस्न नपाउँदै केदारले भने, ‘बजारको पसलमा आज सिमेण्ट आइसकेको छ, एक बोरा सिमेण्ट ल्याएर चिटिक्कको चर्पी बनाउनु । पैसा मेरो नाममा लेखिदिनु ।’

केदारको ‘चर्पी सपना’ सकिएको छैन । आफ्नो गाउँपालिकालाई नै खुल्ला दिसामुक्त गरेपछि मात्र वडाको नियमित काममा फर्किने उनको योजना छ । उनी भन्छन्, ‘अझै आठदश जना विपन्नलाई व्यक्तिगत तवरबाट चर्पी बनाउने सामान दिँदा समुदाय खुल्ला दिसामुक्त हुन्छ भने हामीले सहयोग नगरे कसले गर्ने ?’

माघ २ गते, २०७४ - १०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एघार दिनपछि ओलीसँग भेटेर के भने प्रचण्डले ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल...   
टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

इस्तानबुल । टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका...   
ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top