Khabar Dabali Logo
  October 24, Sat

किस्ताका लागि रातारात घर

रामेछाप ।  भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् ।दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ । जिल्लाका अधिकांश स्थानमा रातारात जग थपिएपछि त्यसको नापजाँचका लागि प्राविधिकलाई समस्या परेको छ । ‘हाम्रोमा गए राति नै ३५ घरका जग बने,’ पकरबासका प्राविधिक नवराज श्रेष्ठले भने । उनले पुस मसान्तका दिन बनेका घरहरू माघ १ गते नापजाँच गरी फर्किएका छन् ।

गुन्सीमा पुस मसान्तमा सुरु भएको घर माघ १ गते बिहानसम्म डीपीसी हुँदै थिए । राति कामै नरोकी गुन्सीमा झन्डै २५ घरका जग तयार भएको इन्जिनियर राजकुमार अहिरले बताए । प्राविधिकहरूले पुस मसान्तभन्दापछि बनेका घर ननाप्ने बताएपछि ग्रामीण क्षेत्रमा जग खन्नेदेखि डीपीसीसम्मको काम एकै दिन भ्याउने थुप्रै पीडित भए ।

अघिल्लो दिन जग्गा तयार गर्न डोजर लाँदै गरेको देखेका प्राविधिकहरू भोलिपल्ट डीपीसी हालेको खबरले अचम्भित भएका छन् । ‘एकै रात यति धेरै काम हुने रहेछ,’ चिसापानीका इन्जिनियर तोपनारायण पौडेलले भने, ‘पहिलेदेखि यस्तो चेतावनी दिएको भए पुनर्निर्माणको काम यो बेलासम्म सम्पन्न भइसक्ने थियो ।’

जिल्लामा झन्डै २५ प्रतिशतले मात्र जग हालेको भन्दै अधिकांश घर नबनेकाले सरकारले म्याद थप्नेमा पीडितहरू आशावादी थिए । ‘अन्तिम दिनसम्म पनि म्याद थप्ला भन्ने आशा थियो,’ चिसापानीका कृष्णबहादुर श्रेष्ठले भने, ‘रेडियो र टीभीमा समाचार आउला भनेर बसियो तर नआएपछि दोब्बर ज्याला तिरेर रातभरि काम गर्‍यौं । घर निर्माणमा पश्चिमी पहाडबाट आएका डकर्मीहरूले झिपिक्क नसुतेर दोस्रो किस्ता आउने वातावरण बनाइदिए ।’

उनीजस्तै प्राधिकरणले दोस्रो किस्ता लिने समय थप्ला भनेर आशामा बसेका पीडितहरू भने अझै अन्योलमा छन् । ‘डकर्मी अभावमा चाहेर पनि घर बनाउन पाइएन,’ मन्थलीका शमशेर माझी भन्छन्, ‘अझै पनि थपिएला भन्ने आशामा छौं । म्याद थपिएन भने हाम्रो बास कटेरामै हो ।’ जिल्लामा काठ र पानी अभावले घर निर्माण गर्न नसकेका परिवार पनि उत्तिकै छन् । जिल्लाका दक्षिणी भेगका बासिन्दालाई खानेपानी जुटाउनै धौधौ छ ।

माघ २ गते, २०७४ - ०८:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top